dailyvideo

बुुटवलको राजमार्ग चौराहाका घरमा डोजर चल्यो

१० जेठ, बुटवल । बुटवल-बेलहिया ६ लेनको व्यापारिक सडक निर्माणमा अवरोध पुर्‍याएका राजमार्ग चौराहा क्षेत्रका १० घर डोजर प्रयोग गरी भत्काइएको छ ।



बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठदेखि माओवादी नेता प्रकाश श्रेष्ठ लगायतका घर भत्काइएको छ ।



बुटवलमा नाम चलेका व्यक्तिहरुले नै नियम मिचेर घर बनाएका थिए । घर भत्काउन स्थानीय प्रशासनले गरेको आग्रह उनीहरुले अटेर गर्दै आएका थिए ।



बुटवलको चौराहादेखि तिलोत्तमा नगरपालिकाको जानकीनगरसम्म ७२ घर सडकको मापदण्ड बिपरित रहेकाले ती सबै हटाइने सडक परियोजना संयोजक विरेन्द्र महासेठले बताए । ८२ फिट भित्र रहेका सबै घरहरु एक हप्ताभित्रै भत्काइने महासेठले बताए ।



व्यापारिक मार्गको बुटवल चौराहामा सडकको दायाँ र बायाँ रहेका सुरेन्द्रप्रसाद श्रेष्ठ, प्रकाश श्रेष्ठ, मथुरा ध्वजु, जयबहादुर गुरुङ, कुलबहादुर श्रेष्ठ, चिनियाकाजी श्रेष्ठ, तेजबहादुर श्रेष्ठ, चमेलीदेवी श्रेष्ठ र अन्य २ जनाका घर छन् ।



डोजर चलिरहदा केहि घरधनीले हारगुहार गरेका थिए । उनीहरुलाई आफै घर भत्काउन ७ दिनको म्याद दिइएको छ । स्थानीय प्रशासन र सडक डिभिजन कार्यालयसँग उनीहरुले आफै घर भत्काउने लिखित सहमति गरेका छन् ।



‘७ दिनमा हामी आफै हाम्रो घर तथा भवन भत्काउनेछौं, नभत्काए पुनः डोजर चलाउन अवरोध गर्ने छैनौं,’ सहमतिपत्रमा उल्लेख छ ।

Posted by ADVENT on 10:51 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for बुुटवलको राजमार्ग चौराहाका घरमा डोजर चल्यो

Leave comment

Recent Entries

Recent Comments

Photo Gallery