dailyvideo

प्यारासुटबाट राहत सामग्री पुर्याउँदै नेपाली सेना

काठमाडौं, वैशाख २३ 
भूकम्प  पीडितका लागि नेपाली सेनाले आफ्नो स्काइ ट्रक जहाजले  प्यारासुटबाट पनि राहत सामग्री वितरण गरिरहेको छ। बुधबारमात्रै सेनाले सिन्धुपाल्चोकको विकट थाम्पालकोट गाविसमा ३ हजार किलोग्राम खाद्यान्न सामाग्री प्यारासुट मार्फत खसालेको छ।



सडक सुविधा नपुगेका ठाउँहरुमा राहत सामग्री पुर्याउन सेनाले प्यारासुटबाट सामान खसाल्न थालेको हो। स्टाईट्रक जहाजले  जमिनमा अवतरण नगरी राहत सामग्री सेनाले तोकेको स्थानमा खसाली दिन्छ। पोल्याण्डमा बनेको सो जहाजमा १८०० किलोग्रामसम्म  तौल बोक्न सकिन्छ।

त्रिभुवन विमानस्थलमा २०० किलोग्राम तौल भएका सामानलाइ प्याक गरिन्छ र सामान माथि प्यारासुट पनि तयारी हालतमा राखिन्छ। सेनाको टोलीले पहिले नै तय गरेको स्थानमा झर्ने गरी सो सामानलाई जहाजको पछाडीको भागबाट खसालिन्छ। खसेको सामान सेनाकै टोलीले प्राप्त गरी वितरण गर्दछ।

सेनासँग अहिले २ वटा स्काइट्रक जहाज भएपनि एउटा जहाज बिग्रिएको छ। २ महिनादेखि बिग्रिएको सो जहाजको पाटपुुर्जा पोल्याण्डबाट मगाइएको  सेनाले बताएको छ।

Posted by ADVENT on 8:48 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for प्यारासुटबाट राहत सामग्री पुर्याउँदै नेपाली सेना

Leave comment

Recent Entries

Recent Comments

Photo Gallery