dailyvideo

हेलिकोप्टरमा ल्याइएका भूकम्पका घाइते काठमाडौंमा हराए

घाइते खोजीदिन परिवारको आग्रह
धादिङ, वैशाख २२
भूकम्पमा घाइते भएर उपचारका लागि हेलिकोप्टरमा काठमाडौंमा ल्याइएकाे केहीको अवस्था अज्ञात देखिएको छ। हेलिकोप्टरमा काठमाडौंमा ल्याइएका  भूकम्पका घाइते सम्पर्कबिहिन भएपछि आफन्तहरु झन् अन्योलमा परेका छन्।



परिवारले राजधानी लगिएका घाइते आफन्तलाई खोजीदिन आग्रह गरेका छन्। गत बैशाख १२ गतेको भूकम्पबाट घाइते भएपछि हेलिकप्टरबाट उद्धार गरेर काठमाण्डौ पुर्‍याइएकी तिप्लिङ गाविस वडा नम्बर १ सिम्पल्याकी ६३ वर्षिय छिमा तामाङ बेखबर भएकी छिन् । 

भुकम्पले गर्दा घर भत्किएर घाइते भएकी छिमाको ३० घण्टापछि उद्धार गरेर उपचारका लागि सदरमुकाम धादिङ ल्याइएको थियो ।हेलिकप्टरबाट १३ गते साँझ गाउँबाट जिल्ला अस्पताल धादिङमा ल्याइ सामान्य उपचार पछि छिमालाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको छोरी गर्पुमाया तामाङले बताइन् । 

उनीसंगै धादिङ तिप्लिङकै अन्य २ जना गम्भीर विरामीहरुलाइ उपचारको लागि काठमाण्डौ पठाइएको भएपनि २ जना सम्पर्कमा रहेको र आमा छिमा भने बेखबर रहेको भन्दै आमाको खोजी गरिदिन आग्रह गरेकी छिन् ।

गर्पुमायाले भनिन, ‘आमाको टाउकामा चोट लागेको थियो । हेलिकप्टरबाट काठमाडौं लैजाने बेला बिरामीलाई मात्र लगियो हामीलाई जान दिइएन । तर पछि गाडीबाट काठमाडौं गएर खोज्दा फेला पार्न सकिएन ।’

जिल्ला अस्पताल धादिङमा सामान्य उपचार गरेपछि छिमाको अवस्था चिन्ताजनक देखिएकाले उनलाइ तत्काल काठमाण्डौ रिफर गरिएको जिल्ला अस्पताल धादिङकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर रसिला अमात्यले जानकारी दिइन् । 

छिमालाई विमानस्थलबाट चिकित्सकहरुले नै लगेको भएपनि कुन अस्पताल लगेको पत्तो छैन । आमाको खबर पत्ता लागेमा आफन्तको मोबाइल नम्बर ९८४१३७२०७३ मा खबर गरिदिन पनि गर्पुमायाले आग्रह गरेकी छिन ।

त्यस्तै नीलकण्ठ ८ का ८० बर्षिय सुइरे कुमाल पनि परिवारको सम्पर्कमा छैनन । जिल्ला अस्पताल धादिङमा १ सय ९८ औ नम्वरमा उपचार गराएका कुमाललाइ थप उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौमा लगिएपछि कुन अस्पतालमा उपचार भइरहेको छ । 

परिवारलाइ केही पत्तो छैन । ‘यता घर भत्किएर बिजोक छ । अब कहाँ र कुन अस्पतालमा उपचार भएको भनेर कसरी खोज्न जानु ।’ कुमालका परिवारजनको गुनासो छ ।

Posted by ADVENT on 8:32 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for हेलिकोप्टरमा ल्याइएका भूकम्पका घाइते काठमाडौंमा हराए

Leave comment

Recent Entries

Recent Comments

Photo Gallery