dailyvideo

भूकम्प पीडितको सहयोगार्थ मैत्रीपूर्ण फुटबल

१० जेठ, भैरहवा । भूकम्प पीडितहरुका लागि सहयोग जुटाउने उद्देश्यले भैरहवामा मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ । रुपन्देहीको लुम्विनी करिडोरमा रहेका उद्योगका महाप्रवन्धकहरुको समूहले मैत्रीपूर्ण फुटबल आयोजना गर्न लागेको हो ।



bhw



भूकम्पपीडितहरुका लागि सहयोग गर्ने उद्देश्यले चेरीटेवल कर्पोरेट फुटबल टुर्नामेन्ट आयोजना गरिएको लुम्विनी करिडोर म्यानेजर्श तथा कर्मचारी समूहका संयोजक राजकुमार गुप्ताले पत्रकार सम्मेलनमा जानकारी दिए ।



भैरहवाको पक्लिहवास्थित कृषि क्याम्पसको मैदानमा जेठ १४ देखि १६ गतेसम्म खेल हुने छ । ६ सिमेन्ट उद्योग र २ छड उद्योगका ८ टिमबीच प्रतिस्प्रधा हुने आयोजकले जनाएको छ ।



करीडोरमा रहेका उद्योगहरुले सिन्धुपाल्चोक लगायतका भूकम्प प्रभावित जिल्लाहरुमा समूहगत तथा औद्योगिक प्रतिष्ठानले बेग्लाबेग्लै राहत वितरण गर्दै आएका थिए । उद्योगहरुको म्यानेजरहरुको समूहले पनि राहत रकम संकलन गर्ने उद्देश्यले मैत्रीपूर्ण फुटवल आयोजना गरेको गुप्ताले बताए ।



प्रतियोगितामा ‘डोनेसन बक्स’ राखी रकम संकलन गर्ने र सोही रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने म्यानेजर्श तथा कर्मचारी समूहका संयोजक गुप्ताले बताए ।

Posted by ADVENT on 11:17 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for भूकम्प पीडितको सहयोगार्थ मैत्रीपूर्ण फुटबल

Leave comment

Recent Entries

Recent Comments

Photo Gallery