dailyvideo

पहिरोले पृथ्वी राजमार्ग रातभर अवरुद्ध, बिहानदेखि एकातर्फी खुल्यो

बाइकसहित दुवैजना पहिरोमा पुरिए


६ जेठ, दमौली । पृथ्वी राजमार्गमा गएको पहिरोका कारण मंगलबार रातिभर सडक अवरुद्ध भएको छ। पहिरोको केही भाग हटाएर बिहान ३ बजेबाट सडकलाई एकातर्फी रुपमा खुलाइए पनि यातयात अझै सहज हुन सकेको छैन ।


मंगलबार साँझ मस्र्याङदी जलविद्युत गृह नजिकै गएको पहिरोले सडक पुरिएपछि राति एघार बजेदेखि नै दुवैतर्फको यातयात ठप्प भएको थियो। ठूलो संख्यामा यात्रुहरु अलपत्र परेका थिए। गाडी नचलेपछि यात्रुहरुले राती सडकमै विताएका थिए। प्रहरी तथा सडक विभागको टोलीले पहिरोमा पुरिएका शव र पहिरोको केही भाग हटाएपछि बिहानदेखि यातयात चलाइएको जानकारी प्रहरले दिएको छ ।


राजमार्ग माथिबाट खसेको पहिरोमा ना १८ प २९५५नम्बरको मोटरसाइकलमा सवार स्थानीय १५ वर्षका गणेश थापा र भक्तबहादुर थापा पुरिएका थिए। उनीहरुको शव बिहानपख मात्र निकालिएको थियो ।


यसैगरी चट्याङमा परी तनहुँमा तीनजनाको मृत्यु भएको छ । चट्ङयाङमा परी घरमै सुतिरहेका कोटदरबार ६ ढापस्वाँरा निवासी ३७ वर्षका हस्तबहादुर थापा र उनकी भाउजु ४१ वर्षिया झरिमाया थापाको मृत्यु भएको हो ।बन्दीपुरका मिनबहादुर गुरुङको पनि चट्ङयाङमा परी मृत्यु भएको छ ।

Posted by ADVENT on 9:57 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for पहिरोले पृथ्वी राजमार्ग रातभर अवरुद्ध, बिहानदेखि एकातर्फी खुल्यो

Leave comment

Recent Entries

Recent Comments

Photo Gallery