dailyvideo

नेदरल्याण्डमा सहयोग जुटाउदै राजेश हमाल

काठमाडौं, वैशाख १९
विपतकाे बेला दर्शकले रुचाएका कलाकारले सहयोगी हात अघि नबढाएकाे भन्दै आलोचना भै रहेकाे बेला महानायक राजेश हमालले नेदरल्याण्डमा नेपालका भुकम्प प्रभावितकाेलागि राहत संकलन सुरु गरेका छन् । नेदरल्याण्डको आम्र्सटरडममा रहेका हमालले शनिबार बिहानदेखि उक्त अभियान थालेका हुन् ।




नेदरल्याण्डमा पत्रपत्रिका तथा टिभि इन्टरभ्यु मार्फत हमालले नेपालका भुकम्प प्रभावितकाेलागि सहयोगका गर्न आहवान गरेको हमालले फेसबुक मार्फत जानकारी दिएका छन । उनले शनिबार बिहानसम्म चार लाख अमेरिकी डलर अर्थात् करिब ४० लाख नेपाली रुपैंया संकलन भएको बताएका छन् । पत्नी मधुका साथ अमेरिका उडेका हमाल अमेरिकाबाट नेदरल्याण्ड पुगेका हुन ।

यसरी जम्मा भएको रकमको ९० प्रतिशत नेपालमा कार्यरत विभिन्न फाउन्डेसन मार्फत वितरण गरिने उल्लेख गरेका छन् । पत्नी मधुका साथ अमेरिका उडेका हमाल त्यहाँ बाट नेदरल्याण्ड पुगेका थिए । हमाल आउँदो बिहिबार नेपाल फर्कने बताइएको छ ।

Posted by ADVENT on 4:24 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for नेदरल्याण्डमा सहयोग जुटाउदै राजेश हमाल

Leave comment

Recent Entries

Recent Comments

Photo Gallery