dailyvideo

'सरकार असफल भएको छैन'

राष्ट्रिय सरकारबारे कांग्रेस एमालेबीच छलफल


काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले विनाशकारी भूकम्पपछि उद्धार, राहत तथा विपद् व्यवस्थापनमा सरकार असफल नभएको दाबी गरेका छन् ।




सरकारी निवास बालुवाटारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रम कोइरालाले देशमा आइपरेको ठूलो विपद्   झेल्न सरकार सक्षम रहेको जनाउँदै लोकतन्त्रले सबै खालका चुनौतीको सामना गर्न सघाएको बताए हुन् ।




‘सरकार असफल भएको छैन । सबै पार्टी मिल्दा यो संकटबाट पार पाउन सकिन्छ’, प्रम कोइरालाले भने, ‘यो सरकार भूकम्पको संकटबाट पार पाएर  लोकतान्त्रिक संविधान निर्माण र स्थानीय निर्वाचन गराउन पनि सक्षम छ ।’




अबको चरण पुनस्स्थाना र पुनःनिर्माणको भएको बताउँदै प्रम कोइरालाले शान्तिविना कुनै लगानी नआउने भएकाले शान्ति र स्थायीत्वका लागि सबै दल मिल्नुपर्नेमा जोड दिए ।




‘हामीलाई विकास स्थायीत्व, लोकतन्त्र र शान्ति चाहिएको छ’, उनले भने, ‘सबै अन्तर्राष्ट्रिय निकायले साथ दिएमा हामी यो संकबाट पार पाउन सक्षम हुनेछौं ।’




अन्तर्राष्ट्रिय सम्मेलनका लागि साँझ ५ बजे नै गर्ने भनिएको पत्रकार सम्मेलन डेढ घण्टा ढिलो शुरु भएको थियो । ५ बजेको पत्रकार सम्मेलनका लागि नेपाली तथा सिएनएन र बीबीसीसहितका सञ्चारमाध्यमका प्रतिनिधी साढे ४ बजे नै बालुवाटार छिरेका थिए । दर्जनौं अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिलाई डेढ घण्टासम्म कुराएर साँझ साढे ६ बजेपछि पत्रकार सम्मेलनमा प्रम बोलेका थिए ।

यसैबीच राष्ट्रिय सरकार निर्माणका सम्बन्धमा कांग्रेस र एमालेको नेतृत्वबीच आइतबार छलफल भएको छ।छलफलमा प्रधानमन्त्री कोइरालासहित कांग्रेसका नेताहरु तथा एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत नेताहरु थिए।राष्ट्रिय सहमतिको सरकार बनाएर विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने र समयमै संविधान जारी गर्ने बारेमा सकारात्मक छलफल भएको सहभागी एक नेताले बताए।कांग्रेस एमालेबीच एक प्रकारको समझदारी भएकोले अब यसबारेमा एमाओवादीलगायतका दलहरुसँग छलफल गरिनेछ । तर राष्ट्रिय सरकारको नेतृत्वको बारेमा अझै स्पष्ट रुपमा छलफल अघि बढेको छैन ।

Posted by ADVENT on 7:24 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for 'सरकार असफल भएको छैन'

Leave comment

Recent Entries

Recent Comments

Photo Gallery