dailyvideo

बलिउड अभिनेता सलमान खानलाई ५ बर्ष जेल सजायँ

काठमाडौं, वैशाख २३ 
बलिउड नायक सलमान खानलाई ५ बर्षको जेल सजाय सुनाइएको छ । भर्खरै मात्र मुम्बइको सेसन कोर्टले सलमानलाई ५ बर्षको जेल सजाय सुनाएको हो ।



उनलार्इ अार्थर रोड जेल चलान गरिने भएको छ । ३ वर्षभन्दा बढीको सजाय सुनाइएका कारण उनी जमानतमा छुट्न सक्दैनन् । उनले सात दिनभित्र सुप्रिम कोर्टमा अपिल गर्न सक्नेछन् ।

मुम्बइको सेसन कोर्टले उनमाथि लागेको सबै आरोपमा दोषी देखाएको हो । सलमान खानले नशामा गाडी चलाएको पुष्टी भएकोे छ । सलमान खानले सुनियोजित रुपमा मान्छेमाथि गाडी चलाएको भन्दा पनि यो एउटा भवीतव्य रहेको अदालतले बताएको छ । न्यायधिसले सलमान खानलाई केही भन्नु छ भनेर समेत सोधेका थिए ।

Posted by ADVENT on 12:16 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for बलिउड अभिनेता सलमान खानलाई ५ बर्ष जेल सजायँ

Leave comment

Recent Entries

Recent Comments

Photo Gallery