dailyvideo

पोखरामा युवतीहरुलाई जबरजस्ती यौनधन्दामा लगाउने पक्राउ

पोखरा, वैशाख २३
पोखराको नागढुंगामा युवतीहरुलाई जवरस्ती यौनधन्दामा लगाउने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ । मानव वेचविखन तथा ओसारपसार मुद्दामा फरार रहेकी पोखरा २७ की ४२ वर्षीय कमला शेरचनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार पक्राउ गरेको हो ।


युवतीहरुलाई ललाई फकाई यौनधन्दामा लगाउने र नमान्नेलाई जबरजस्ती डरत्रास देखाएर यौन धन्दा गर्न बाध्य पार्ने गरेको आरोपमा शेरचन पक्राउ परेकी हुन् । शेरचनले पोखरा वडा नम्बर ९ नागढुंगामा निरभाना रेष्टुरेण्ट सञ्चालन गर्दै आइरहेकी थिइन् ।

रेष्टुरेण्टमा कार्यरत चार जना युवतीलाई रेष्टुरेण्टमा साधारण काम तथा घर सफाइको लागि भन्दै रोजगारी दिए पनि ती युवतीहरुलाई उनले जबरजस्ती यौनधन्दामा लगाउने गरेको उजुरी परेको थियो । पीडित युवतीहरुले रेष्टुरेण्ट संचालिका शेरचन विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा छुट्टाछुट्टै जाहेरी दिएका थिए ।

प्रहरीले पीडित युवतीसँग घटनाका बारेमा कास्की जिल्ला अदालतबाट बयान प्रमाणित गरिसकेको कास्की प्रहरी प्रमुख एसपी हरि पालले जानकारी दिए । फरार रहेकी शेरचनलाई पक्राउ लगत्तै मंगलबारै जिल्ला अदालत कास्कीबाट मानवबेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

Posted by ADVENT on 1:19 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for पोखरामा युवतीहरुलाई जबरजस्ती यौनधन्दामा लगाउने पक्राउ

Leave comment

Recent Entries

Recent Comments

Photo Gallery