dailyvideo

कुरान जलाएको भन्दै महिलालाई कुटेर मार्ने ४ लाई मृत्युदण्ड

काबुल, बैशाख २३
अफगानिस्तानको काबुलमा मार्च महिनामा एक भीडले एक महिलाको क्रूर हत्या गरेकोमा बुधबार एक अदालतले चार व्यक्तिलाई मृत्युदण्डको सजाय तोकेको छ । 

ती महिलाको हत्याले मुलुकलाई स्तब्ध पारेको थियो भने महिलाको समानताको अधिकार सुनिश्चित गर्न तथा उनीहरूलाई हिंसाबाट जोगाउन अधिकारीलाई आह्वान गरिएको थियो । 


मार्च १९ का दिन २७ वर्षीया महिला फार्खुन्दाले कुरानको प्रति जलाएको आरोप लगाउँदै उनलाई क्रुद्ध भीडले कुटेर मारेको थियो । यसका लागि १९ प्रहरी अधिकारीका साथमा ४९ व्यक्तिमाथि आरोप लगाइएको थियो । 

यस विषयमा शनिबार सुनुवाइ आरम्भ भएको थियो र दुई दिनमै उक्त निर्णय दिइएको छ । अफगानिस्तानको न्याय प्रणाली ढिलो मानिन्छ र यो निर्णय निकै छिटो आएको बताइन्छ । अदालती सुनुवाइलाई राष्ट्रिय टेलिभिजनमा सार्वजनिक गरिएको थियो र त्यसमा सार्वजनिक अभिरुचि ठूलो भएको बताइएको छ । 

न्यायाधीश साफियुल्लाह मोजादेदीले अफगानिस्तानको काबुल प्रारम्भिक अदालतमा बुधबार ती चार व्यक्तिलाई मुत्युदण्डको निर्णय सुनाएका हुन् । उनले आठ प्रतिवादीलाई १६ वर्षको कारवासको सजाय सुनाए भने  १८ व्यक्तिमाथि लगाइएको आरोप हटाएका थिए । 

न्यायाधीश मोजादेदीले १९ प्रहरीमाथि शनिबार निर्णय गर्नुहुनेछ र त्यसको घोषणा आइतबार सुनाइनेछ । 

प्रतिवादीहरूलाई यस मुद्दामा पुनरावेदनको अधिकार छ । उनीहरूमाथि आक्रमण, हत्या, उक्साहटको आरोप लगाइएको थियो । प्रहरीमाथि आफ्नो कर्तव्य पालना नगरेको र आक्रमण रोक्न असफल भएको आरोप लगाइएको छ । 

मृत्युदण्ड पाउनेमा फार्खुन्दाले कुरान जलाएको आरोप लगाउने व्यक्ति परेका छन् । यसै गरी फार्खुन्दामाथि दुई ठूलो ढुङ्गा हान्ने, उनीमाथि गाडी चलाउने चालक तथा उनको शरीरमा आगो लगाउने व्यक्तिलाई पनि मृत्युदण्डको निर्णय सुनाइएको छ । 

फार्खुन्दाका भाइ मुजिबुल्लाहले अदालतले बहुसङ्ख्यक प्रतिवादीप्रति दया देखाएको भनी आफ्नो परिवार क्रुद्ध भएको बताए । 

फार्खुन्दाको हत्याले अफगानिस्तानमा धेरैलाई स्तब्ध बनाएको थियो । यस विषयमा राष्ट्रपतीय अनुसन्धानमा उनले मुसलमानको धार्मिक ग्रन्ध नष्ट नगरेको देखिएको थियो ।  फार्खुन्दाको हत्याको घटना मोबाइल फोनमा रेकर्ड गरिएको थियो र त्यसलाई सामाजिक सञ्जालमा राखिएको थियो । 

यो भिडियोमा प्रहरी केही नगरिकन उभिएका केही प्रहरी अक्रमणमा सरिक भएका देखाइएको छ । फार्खुन्दाका परिवारले अदालतलाई आरोपितलाई कानुन अनुसार दण्ड दिन आग्रह गरेका थिए । 

Posted by ADVENT on 8:36 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for कुरान जलाएको भन्दै महिलालाई कुटेर मार्ने ४ लाई मृत्युदण्ड

Leave comment

Recent Entries

Recent Comments

Photo Gallery