आइपीएलमा मुम्बई इन्डियन्सको लगातार तेस्रो जित
काठमाडौं, वैशाख २०
इन्डियन प्रिमियर लिग आइपीएलमा मुम्बई इन्डियन्सले लगातार तेस्रो जित निकालेको छ । पुछारमा रहेको किगंस इलाभेन पंजाबबिरुद्ध मुम्बईले आइतबार २३ रनको जित निकालेको हो ।
हारसँगै पंजाबको इलिमिनेटरको सम्भाबना सकिएको छ । पछिल्ला ९ खेलमा पंजाबको यो ७ औं हार हो । मोहालीमा भएको खेलमा मुम्बईले २० ओभर खेल्दै ३ विकेटको क्षतिमा १७२ रन बनायो । जवाफमा पंजाबले मात्र १४९ रन बनाउन सक्यो ।
मुम्बईका लागि ओपनर लिण्डन सिमोन्सले ७१ तथा पार्थिब पटेलले ५९ रन बनाए । पंजाबका मिचेल जोनशोन, करणभिर सिंह र अनुरित सिंहले समान १-१ विकेट लिए । पंजाबका लगि डेभिड मिलरले ४३ तथा मुरली विजयले ३९ रन बनाए ।