१३ जेठ, वाशिंगटन डिसी । अमेरिकामा बस्ने नेपाली मुलकी सञ्जिता प्रधानले कडा मेहनत र परिश्रमकै कारण आफू अमेरिकी राष्ट्रपति बाराक आबामाको सल्लाहकार भएको बताएकी छन् । प्रधान एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट राष्ट्रपति बाराक ओवामाको सल्लाहकार समितिको सदस्यमा नियुक्त भएकी हुन् ।
ओवामाको सल्लाहकार सदस्यमा नियुक्ति भएपछि पहिलो पटक अन्तर्वार्ता दिदै आफूले प्रारम्भिक स्तरबाट नै काम गर्दै यहाँसम्म पुगेको बताइन् । कडा मेहनत, परिश्रमको साथै काममा दत्तचित्त भै काम गर्ने भएकोले राष्ट्रपति बराक ओवामाको सल्लाहकार समितिको सदस्यमा नियुक्त हुन् पाएकोमा आफूलाई गर्व लागेको बताइन् ।
“अमेरिका यस्तो देश हो जहाँ मेहनत गरे जो पनि जहाँ पनि पुग्न सकिने रहेछ”, उनले भनिन् । आफू अमेरिकाको सम्मानित पदमा पुगेकोमा सबै नेपालीलाई गर्व हुनु स्वाभाविक भएको उनले बताइन् ।
राष्ट्रपति ओवामाले सल्लाहकार समितिमा १९ जनालाई नियुक्त गरेका थिए, जसमध्ये प्रधान एक हुन् । सल्लाहकार समितिमा नियुक्त भएकाहरु अधिकांश स्वास्थ्य तथा ब्यापार क्षेत्रका बिज्ञ छन् । धेरै बर्ष सम्म भुटानी पुनस्र्थापनाको क्षेत्रमा काम गरेकी प्रधानलाई सोही विज्ञताको आधारमा नियुक्त गरिएको बताएको छ ।
आफू सहि समयमा सहि आवाज उठाउनु पर्छ भन्ने सिद्धान्त बोकेर हिड्ने महिला भएको उनले बताइन् । आफूले गरिव दुःखी, ओझेलमा परेका र सतहभित्र लुकेर बसेका समुदायको पक्षमा वकालत गर्दै आईरहेको उनले बताइन् ।
एसियनहरुमा सबै भन्दा बढी भाषाको पनि समस्या देखिएको उनले बताइन् । ‘भाषा आएन भने हाम्रो आवश्यकताको पहिचान गर्न गाह्रो हुन्छ’, उनले भनिन्, ‘मैले यिनै क्षेत्रमा समस्याको पहिचान गर्दै बहस गरेको छु । यस्ता धेरै कुराको प्रेरणाको श्रोत आफ्ना पिताबाट प्राप्त गरेको हुँ ।’
आफ्नो नियुक्तबारेमा नेपाली समुदायमा अझ पनि केही भ्रम जस्तो लागेकोले आफ्नो नियुक्ति भनेको एक प्रकारको अवैतनिक जस्तै भएको उल्लेख गर्दै स्वयंसेवक रुपमा काम गर्नु पर्ने बताइन् । परिवारको समर्थन र सहयोगका कारण आफू अमेरिकाको सम्मानित स्थानमा पुगेको उनले बताइन् ।
‘एसियनहरुको समस्या के हो ? त्यसमा म सहयोग गर्न सक्छु । म अहम् भूमिका निर्वाह गर्न सक्छु तर धेरैले पत्राचार गर्दै मेरो नियुक्तिको प्रवृति नबुझेर सवाल, सल्लाह, सुझाव र प्रश्नहरु पठाइरहेछन्,’ उनले भनिन् ।
मानव अधिकारको लागि काम गरिरहेको बताउदै उनले विवादरहित र तटस्थ भइ सेवा गर्ने बताइन् । प्रधान नियुक्त भएको आयोगको बैठकमा पहिलो पटक सहभागी हुँदासमेत नौलो नलागेको उनले प्रतिक्रिया दिइन् । राज्यस्तरमा आफूले यसरी नै काम गरिरहेकाले कुनै अप्ठेरो नभएको पनि उनले बताइन् ।
एसिया प्यासिफिक आइसल्याण्डरको लागि नियुक्ति भएकी प्रधानले अमेरिकामा भएका सबै एसियन समुदायसँग मिलेर काम गर्ने गर्नुपर्ने बताइन् । अमेरिकाभरि रहेका नेपाली समुदायका मुद्दा, अस्थायी सुरक्षित हैसियत, स्वास्थ्य, बिदेशी सम्पत्ति परिवहन लगायतका समस्याका विषयमा नेपाली समुदायसँंगै काम गर्न चाहेको पनि उनले प्रष्ट्याइन् ।
संखुवासभाको चैनपुर पुर्खेउली घर भएकी उनले अमेरिकामा बस्ने नेपालीहरुको खाका (प्रोफाइल) लेख्ने प्रयास गरिरहेको पनि जानकारी दिइन् ।
धरानको बिजयपुर उच्च माध्यमिक विद्यालयमा अध्ययनपछि उनले भारतको इण्डिया इन्टिच्युट अफ टेक्नोलोजीमा अध्ययन गरेकी थिइन् । अमेरीका पुगेपछि भने उनी सामाजिक काम तथा शरणार्थी ब्यवस्थापनमा सक्रिय रहँदै आएकी छिन् ।
१३ जेठ, बुटवल । वडा प्रहरी कार्यालय बुटवलले इटाभट्टीस्थित बसपार्क पछाडिको धौलागिरी होटलमा यौन व्यवसाय गराउँदै आएको भन्दै सञ्चालकसहित ७ जनालाई पक्राउ गरेको छ ।
बुधबार प्रहरीले होटलमा छापा मारेको थियो । प्रहरीले होटल सञ्चालक इमबहादुर विक सहित ७ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलका प्रहरी केदारनाथ पन्तले होटलको कोठाबाट एक जोडी सहित ७ जनालाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा सञ्चालक विक उनकी श्रीमती -नाम परिवर्तन) दुर्गा, केहीहरु (नाम परिर्वतन) बनिता श्रेष्ठ, सीता केसी, पुजा सापकोटा, हिराश्री थापा र गीता परियारलाई पक्राउ गरेको हो । होटलबाट प्रहरीले करिव तीन सय कण्डम समेत भेटिएको छ ।
विकलाई बारम्बार सम्झाउँदा पनि अनैतिक कार्य गराउन नछाडेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले विकले होटलको नाममा यौन धन्दा गराए पनि उनलाई होटल व्यवसायी संघले निष्काशन गरेको बताए ।
१३ जेठ, काठमाडौं । मकवानपुरको हटियास्थित शिवम् सिमेन्ट उद्योगका कारण स्थानीय चार गाविसका सर्वसाधारण उच्च जोखिममा परेका छन्। उनीहरू विस्थापित हुने अवस्थामा पुगेको संसद्को एक समितिले प्रतिवेदनमा उल्लेख गरेको छ। मकवानपुरका सुकौरा, गढी, बुढीचौर र आमभन्ज्याङ गाविसका सर्वसाधारण उक्त उद्योगको खानीका कारण उच्च जोखिममा छन्।
संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको उद्योग उपसमितिले गरेको स्थलगत अध्ययनपछि तयार पारिएको प्रतिवेदनले शिवम् सिमेन्ट उद्योगले सञ्चालन गरेको खानीसाथै त्यहाँबाट उत्सर्जन हुने विभिन्न हानिकारक तत्त्वबाट स्थानीय बासिन्दा उच्च जोखिममा रहेको उल्लेख गरेको छ।
'चार गाविसका करिब ४० हजारभन्दा बढी घरपरिबार जोखिममा मात्रै होइन, विस्थापित हुने अवस्थामा पुगेका छन्', समितिअन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिका सभापति सुभासचन्द शाह ठकुरीले अन्नपूर्ण पोस्ट्सँग भने, 'शिवम् सिमेन्टले सञ्चालन गरेको खानीका कारण वरिपरिका गाविसका बासिन्दाको अवस्था दयनीय भेटिएको छ।' उनका अनुसार स्थानीय बासिन्दाको गुनासोका आधारमा उक्त क्षेत्रको स्थलगत अध्ययन गरिएको थियो।
उनका अनुसार उद्योगबाट निस्कने धुवाँ र काम नलाग्ने फोहोरजन्य धुलोका कारण बन, जंगली जनावर, वातावरण, खानेपानी, कृषि, मानव स्वास्थ्य, नदी र नदीमा रहने जीवजन्तु, पर्यावरणलगायत क्षेत्रमा प्रतिकूल असर पारेको छ।
उपसमितिले दिएको प्रतिवेदनअनुसार सिमेन्टको खानी क्षेत्रका कारण मकवानपुरको सुकौरा गाविसका वडा नम्बर २, ३,४, ५, ६, ७ र ८ का कलवान, तारुबास, बुर्जालेक, चापकीलेक तथा बुढीचौर गाविसका बडा नम्बर ३ र ६ का गुर्दुमबस्ती र ठिंगनका साथै आमभन्ज्याङ गाविसका बासिन्दा पहिरोको समेत उच्च जोखिममा परेका छन्।
'खानी क्षेत्रबाट उत्सर्जन भएका काम नलाग्ने फोहोर सामग्री विसर्जनमा अपनाइएको लापरबाहीका कारण सामरिक नदीको सतह माथि उठ्दै गएको र वर्षायाममा पानी धमिलो भएका कारण पशुहरूमा नकारात्मक समस्या देखापरेको छ',।
प्रतिवेदनमा उल्लेख छ, 'शिवम् सिमेन्टको खानी क्षेत्रमा खानेपानीको मुख्य स्रोत सामरिक खोला भएकाले खानी सञ्चालन भएपछि अहिले स्थानीय चार गाविसका बासिन्दासँगै हेटौंडा उपमहानगरपालिकाका बासिन्दासमेत खानेपानीको विकराल समस्यामा परेका छन् । उनीहरूले खानेपानीबाट वञ्चित हुनुपरेको छ।'
[quote]चार गाविसका करिब ४० हजारभन्दा बढी घरपरिबार जोखिममा मात्रै होइन, विस्थापित हुने अवस्थामा पुगेका छन्।[/quote]
ठकुरीका अनुसार खानीका कारण सामरिक खोलाबाट स्थानीय गाविस र हेटौंडा उपमहानगरपालिका क्षेत्रमा जाने दैनिक ३० लाख लिटर खानेपानी अहिले अवरुद्ध भएको छ।
धमिलो पानी, धुलो र धुवाँका कारण कृषि उत्पादनमा प्रतिकूल असर पर्नुका साथै सामरिक नदीको सतह बढेर नदीमा आउने बाढीका कारण किनारमा रहेका बस्तीहरूको बर्सेनि उठीबास भइरहने उपसमितिले जनाएको छ।
ठकुरीका अनुसार खानी सञ्चालन रहेको तल्लो भेगमा जति बेला पनि पहिरो जाने प्रबल सम्भावना देखिएको छ। 'पहिरोको भयले तल्लो भेगका सम्पूर्ण गाविसका बासिन्दासँगै कृषि क्षेत्र र विकासका पूर्वाधार पनि उच्च जोखिममा परेका छन्', उनले भने।
१२ जेठ, बन्सार (लमजुङ) । टापगाउँमा महाभूकम्पले भत्काएकामध्ये सोमबहादुर गुरुङको घर बन्दै छ। बन्सार ८ र ९ टापगाउँका घर बनाउन ८० घरका १/१ जना ३ समूहमा बाँडिएका छन्। गाउँका ४० घर पूर्ण र बाँकी सबैमा आंशिक क्षति पुगेपछि पुनर्निर्माण गर्न गाउँलेले ५/५ दिनको श्रमदान दिने निर्णयमा पुगेका हुन् । ‘यो काम आलोपालो गर्ने हो,’ घरको गाहारो लगाउँदै गरेका वडा ९ का संयोजक सुकबहादुर गुरुङले भने, ‘एउटाको नसकेसम्म त्यहाँ खट्छौँ। सकिएपछि अर्कोमा जान्छौं।’
अहिले तत्काल वर्षायामका लागि जोहो गरेको र हिउँद लागेपछि राम्रोसँग पुनर्निर्माण गरिने उनले बताए। ‘भत्किएको तला सक्नेको दुई तला नै बनाएका छौँ। नसक्नेको एकै तला जसरी पनि ठडयाएका हौं,’ उनले भने, ‘मेरो घर पुर्यो, मेरो घर गयो, मसँग पैसा छैन भन्ने स्थिति पछिसम्म नहोस् भन्ने उद्देश्यले गाउँ नै मिलेर घरघर बनाउन लागेका हौं।’ घर बनाएबापत दिनभरिको श्रम सित्तैमा भए पनि सल्लाहअनुसारै दिउँसोको खाजा र बेलुकीको खाना घरधनीले दिने गरेका छन्।
टापगाउँका बासिन्दाले सामूहिक रूपमा १५ घर बनाइसके। ‘आफ्नो घर बनाउन सरकारको मुख ताकेनांै। घर भत्केर बारीमा बसेका हामी आफ्नो घर आफैँ बनाउँछौं।’ माटो मुछ्दै गरेका दूधप्रसाद गुरुङले भने। उनका अनुसार एउटै घर बनाउने ३ भागमा बाँडिएर काम गरिरहेको छ। ‘पुरुष नसक्ने र नहुने घरका महिलालाई पानी भर्नेदेखि माटो सार्ने काममा लगाइन्छ,’ उनले भने, ‘त्यसपछि एउटा टोली पर्खाल हाल्ने र अर्कोले भत्किएको छानो सँगाल्ने गर्छन्।’ पाँचौं दिनको अन्तिममा पुगेर छानो राख्ने काम गरिएको उनले बताए।
स्थानीयले बढी भत्केको घरलाई प्राथमिकतामा राखेर काम गर्ने गरेका छन्। ‘१२ गतेको भूकम्पले एकसुर भत्कायो, २९ कोले पूरै ढलायो,’ दमबहादुर गुरुङले भने, ‘जसको एकमाना जोगिन नसक्ने गरी भत्किएको छ, जसलाई छिटो आवश्यक छ, उसको प्राथमिकतामा परिन्छ।’ अन्यत्र ठाउँमा पाल नपाएर, खाद्यान्न नपाएर झगडा गरेको सुनिए पनि आफूहरू घर बनाउन कुनै झगडा नगरेको उनले सुनाए। भत्केका घरभित्र पस्न नसकेर धान, मकै, कोदो उम्रिएको अवस्थामा छिमेकीले निकालेको उनले बताए।
गाउँमा भवितव्य पर्दा मात्रै नभएर सामाजिक, सांस्कृतिक तथा विकास निर्माणमा पनि टापगाउँका बासिन्दा एकजुट हुँदै आएका छन्। ‘जनता नै एक भएर काम गर्नुपर्छ। हामी एक भयौं भने सबथोक गर्न सकिन्छ,’ घर बनाइरहेका बिर्तसिंह गुरुङले भने, ‘सरकारले विकास गरोस्, हाम्रो काम हामी आफैँ गर्छौं।’ सरकारी तथा गैरसरकारी संघसंस्थाले दिएको केही चामल र एउटा पाल पाएको बताउने बिर्तसिंहले भत्किएका घर उठाउन श्रमदान गरेर लागेमा सरकारलाई भार नपर्ने बताउँछन्। यस्तो काममा बालबालिकादेखि वृद्धवृद्धासम्म लागिपरेका छन्। उनले भने, ‘सरकारको भरोसा किन गर्ने? आपत्विपत्मा हामी सबैले सबैलाई हेर्नुपर्यो नि।’
१२ जेठ, नुवाकोट । भूकम्पपछि रसुवामा हराइरहेकामध्ये ५ सय २५ जना नागरिक मृत या जीवित कुन अवस्थामा छन्, अझै भेटिन सकेका छैनन् ।
अहिलेसम्म ५ सय ८१ जनाको मृत्यु भएको रसुवा जिल्लाभर वैशाख १२ गतेको भूकम्पले यहाँ मात्रै यति ठूलो संख्यामा मानिसहरु बेपत्ता भएको अनुमान गरिएको हो । यीमध्ये अधिकांश भूकम्पका कारण गएको पहिरोमा पुरिएका थिए ।
तर, भूकम्प गएको २५ दिनसम्म पनि रसुवामा कतिजना मानिस पहिरोमा परेर ज्यान गयो भन्ने यकिन विवरण आउन नसकेको समाचारपत्रमा खबर छ ।
प्रहरीका अनुसार बेपत्तामध्ये एक सय जना पर्यटक गाइड तथा भरिया, २ सय ५० पर्यटक, एक सय ५० स्थानीय र मैलुङस्थित त्रिशुली-१ जलविद्युत आयोजनामा कार्यरत २२ जना मजदुर छन् । त्यसबाहेक हराइरहेकामध्ये धेरैजना लाङटाङमा गएको पहिरोमा पुरिएको पुरियै छन् ।
पहिरोको दलदल र माथिबाट निरन्तर बगिरहेको हिमपहिरोले पुरिएकाको खोजी र उत्खनन्मा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । लाङटाङकै अर्को बस्ती क्यान्जिङमा पनि हिमपहिरो खस्ने क्रम सुरु भएपछि त्यहाँका १ सय ७० जना स्थानीयको उद्धार गरी अन्यत्र स्थानान्तरण गरिएको छ ।
१२ जेठ, काठमाडौं । भूकम्पपछि बैंक तथा वित्तीय संस्थामा पैसा झिक्न ग्राहकको लर्को लाग्ने अनुमानबिपरीत सुरक्षाका लागि पैसा जम्मा गर्न आाउनेको संख्या बढेको छ। ग्राहकलाई थेग्न नसकिएला भनेर बैंकहरुले सुरुमा ५० हजार रुपैयाँसम्म मात्र झिक्न पाइने सीमा लगाएका थिए। अनुमानभन्दा फरक पैसा झिक्ने भन्दा सुरक्षाका लागि पैसा जम्मा गर्ने प्रवृति देखिएको बैंकर बताउँछन्।
भूकम्पको अघिल्लो दिन वैशाख ११ गते बैंकमा १३ खर्ब ३१ अर्ब रुपैयाँ रकम रहेको थियो। १२ गतेको भूकम्पदेखि जेठ १ गतेसम्म वाणिज्य बैंकहरुमा मात्र करिब ४१ अर्ब रुपैयाँ रकम थपिएको छ । सोही अवधिमा कर्जा तथा लगानी ११ अर्ब भएको छ। लगानी भएको रकम पनि भूकम्प आउनुपूर्व नै ऋण स्वीकृत भएकाले लिएको बैंकहरु बताउँछन् । भूकम्पपछि बैंक तथा वित्तीय संस्थाबाट नयाँ कर्जा स्वीकृति प्रायः ठप्प रहेको उनीहरुको भनाई रहेको नागरिकमा खबर छ।
हालसम्म बैंकमा १३ खर्ब ७२ अर्ब रुपैयाँ जम्मा भएको छ । त्यसमध्ये १० खर्ब ८९ अर्ब लगानी भएको छ । वैशाख १२ गतेको ७.६ रेक्टर स्केलको भूकम्पपछि पनि शक्तिशाली कम्पन आउनले क्रम रोकिएनन् । भूकम्प पुनः आउने त्रास देखाएर चोरी गर्ने क्रम बढेपछि बैंक तथा वित्तीय संस्थामा रकम जम्माको क्रम पनि बढ्न पुगेको बैंक तथा वित्तीय संस्थाको भनाई छ । चोरडाँकाबाट सुरक्षाका लागि सर्वसाधारणले बैंकमा पैसा राख्न थालेको राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष रेवतबहादुर कार्कीले बताए ।
‘भूकम्पले घरमा बस्न नसक्ने अवस्था र सुरक्षाका लागि खाली ठाँउमा बस्दा पैसा असुरक्षित हुने डरका कारण बैंकमा रकम जम्मा गर्न पुगेका हुन,’ कार्कीले भने, ‘भूकम्प अघि ऋण लगानी बढेको र रकम जम्मा गर्ने क्रम शिथिल भएको थियो । भूकम्पपछि त्यसको ठिक उल्टो बैंकमा रकम जम्मा गर्ने बढे र ऋण लिने घटे।’
१२ जेठ, काठमाडौं । संसारकै अग्लो खोंच भएको कालीगण्डकी क्षेत्र भौगोलिक बनोटकै कारण सधैं पहिरोको जोखिममा छ। 'कमजोर भूगोल भएको यो क्षेत्र धेरै जोखिममा छ', कालीगण्डकीकै पहिरोमा विद्यावारिधि गरेका वसन्तराज अधिकारीले भने।
अनुसन्धानकर्ताहरूका अनुसार कालीगण्डकी नदी हुँदै दुईवटा ठूला दरार पूर्व-पश्चिम फैलिएका छन्। तीमध्ये कालीगण्डकीको दानाबाट एउटा ठूलो मुख्य दरार तथा कोप्चेपानीबाट अर्को दरार पास हुन्छ।
'मुनि दरार भएपछि स्वभावैले ती क्षेत्र कमजोर हुन्छन्। भूकम्प आउँदा धेरै हलचल हुन्छ र छिटो पहिरो जान्छु, अधिकारीले भने।कालीगण्डकी उपत्यकाको लेतेसम्मै पहिरोको दृष्टिकोणले बढी जोखिम छ।
कालीगण्डकी उपत्यकाको नारायणघाटदेखि लोमान्थाङसम्मै फरक बनोटका पहाड छन्। एकथरी कमजोर चट्टान र अर्कोथरी माटो भएका पहाड छन्।
अधिकारीका अनुसार लार्जुङदेखि लोमान्थाङसम्मको क्षेत्रमा कमजोर ढुंगोमाटो बढी छ। तल्लो भेगमा भने बढी चट्टान छ। कालीगण्डकी पहिरो स्थलगत अध्ययन गरेर फर्किएका जलवायु तथा मौसम विज्ञान विभागका बाढीविज्ञ विनोद पराजुलीका अनुसार पहिरोमा चट्टानका सानासाना टुक्रा बढी देखिन्छन्।
अग्लो खोंच भएका कारण पनि यस क्षेत्रमा बढी पहिरो जाने विज्ञहरू बताउँछन्। 'दायाँबायाँ अग्ला र भिरालो पहाडमुनि कालीगण्डकीले खियाउँदा सधैं पहिरो झर्ने सम्भावना हुन्छ। जति भिरालो छ, त्यति नै धेरै ढुंगा खस्ने सम्भावना हुन्छ', अधिकारीले भने।
विज्ञहरूका अनुसार हिमालय क्षेत्रमा पाइने कमजोरमध्येका केही चट्टान यहाँ पाइन्छन्। अधिकारीले भने, 'धेरै कमजोर चट्टान पाइन्छन्। त्यसमध्ये फिलाइट चट्टान पनि यो क्षेत्रमा धेरै छ।'
पराजुलीका अनुसार कालीगण्डकी पहिरोमा बाक्लो र भिरपाखाको भित्री भाग उप्किएर आएको छ। पहिरोबारे विशेष अध्ययन गरिरहेका इन्जिनियरिङ भूगर्भविद् डा. रञ्जन दाहालका अनुसार कालीगण्डकीको किनारका पहाड कमला छन्। 'पहाडको माथिल्लो भागमा पहिरोपछि थुप्रिएको जस्तो क मलो माटो छ। तल्लो भागमा चट्टान बढी छ', दाहालले भने।
कालीगण्डकी र आसपासको पहिरोबारे धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन भएका छन्। आइतबार सुख्खा पहिरोले नदी थुनिएपछि पुल्चोक क्याम्पसका उपप्राध्यापकसमेत रहेका अधिकारीसहित चार अमेरिकी भूगर्भविद्को टोलीले कालीगण्डकी क्षेत्रको अध्ययन गरेको छ।
विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयअन्तर्गतको जलवायु तथा मौसम विज्ञान विभागका अधिकारीसहितको समूहले एकदुई दिनभित्रै कालीगण्डकी पहिरोको थप अध्ययन गर्ने तयारी गरेको छ।
पराजुलीले भने, 'पहिरो भएकै ठाउँमा गएर बाढीको प्रकृति, प्रकार र आकार अध्ययन गर्छौं।' पहिरोले थुनिएको कालीगण्डकीको तालमा ३५ लाख घनमिटर पानी जम्मा भएको थियो।
भूकम्पपछि धेरै पहाडी क्षेत्रमा जमिन चिरा पर्दा पहिरोको खतरा बढेको छ। सरकारले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूसँग मिलेर गरेको अध्ययनले भूकम्प प्रभावित जिल्लामा मात्रै पनि तीन हजारभन्दा बढी पहिरो पहिचान गरिसकेको छ।
१२ जेठ, परासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बडेरामा सोमबार राति नौ बजे दुई ट्रक एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन्।
ट्राफिक प्रहरी कार्यालय सुनवलका अनुसार पेप्सी बोकेर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १ क ३५३१ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ७५५९ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनाबाट पेप्सी बोकेको ट्रकका चालक र सहचालकको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।
दुर्घटनामा घाइते भएका अर्का ट्रकमा सवार तीनजनाको लुम्बिनि अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ।
त्यसैगरी राति नै सदरमुकाम परासीमा भएको मोटरसाईकल दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार परासीबाट सुनवलतर्फ जाँदै गरेको लु २१ प २२०२ नम्बरको मोटरसाईकल रामग्राम–३ को सुनवल–परासी सडकखण्डमा पल्टिन पुग्दा सो दुर्घटना भएको हो।
दुर्घटनामा पर्वत बाल्कोट घरभई सुनवल-३ बस्ने २६ वर्षिय चन्द्रबहादुर गुरुङ घाईते भएका छन्। उनको पनि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको नवलपरासी प्रहरीले जनाएको छ।
१२ जेठ, काठमाडौं । मुलुककै ध्यान विनासकारी भूकम्पले ल्याएको विपत् व्यवस्थापनमा केन्द्रित भइरहेका बेला संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विश्व बैंकसँग गरेको वित्तीय सम्झौता उल्लंघन गर्दै एउटा महत्त्वपूर्ण आयोजनाको खाता सञ्चालन जिम्मेवारी जिल्ला विकास समितिलाई दिने निर्णय गरेको छ।
विश्व बैंकको ऋण सहयोगमा सञ्चालित 'राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण आयोजना'को खातापाता सञ्चालन सम्बन्धित जिल्ला प्राविधिक कार्यालयबाट खोसी जिविसलाई दिने निर्णय गरेपछि विवादमा परेको छ।
यो निर्णय कार्यान्वयन गर्न मन्त्रालयले सम्बन्धित जिल्लालाई पत्राचारसमेत गरेपछि विश्व बैंकले स्थानीय विकास सचिव सोमलाल सुवेदीलाई डेढ साताअघि औपचारिक पत्र लेखी आपत्ति जनाएको छ।
विश्व बैंकका कन्ट्री म्यानेजर ताकुया कामाताले सचिव सुवेदीलाई पठाएको पत्रमा 'विश्व बैंक र नेपाल सरकारबीच २४ मार्च, २०१४ मा भएको सम्झौताअनुसार जिविसले जिल्ला प्राविधिक कार्यालय आयोजना कोष सञ्चालन गर्न अख्तियारी दिने' सम्झौता उल्लंघन भएको भन्दै आपत्ति प्रकट गरेको छ।
'यो प्रकरण समाधान नभए विश्व बैंकले वित्तीय सम्झौताअनुसार ती जिल्लामा सञ्चालित आयोजना रद्द गर्नेछ', पत्रमा छ।सचिव सुवेदीको निर्णयलगत्तै मन्त्रालयका उपसचिव (लेखा) सुवासचन्द्र शिवाकोटीले स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग, ७५ वटै जिल्ला विकास समिति कार्यालय, सबै नगरपालिका र आयोजना/कार्यक्रमलाई निर्णय कार्यान्वयन गराउन पत्राचार गरेका थिए।
देशभरका ३३ जिल्लामा लागू भएको यो आयोजना नेपाल सरकार, विश्व बैंक र बेलायती सहयोग नियोग (डीएफआईडी) को लगानीमा अघिल्लो वर्ष सुरु गरिएको हो।
कुल १७ करोड ५४ लाख अमेरिकी डलर (१७ अर्ब ५४ करोड रुपैयाँ) लागत रहेको यो आयोजनामा विश्व बैंकले ३६ प्रतिशत (६ करोड ३९ लाख डलर) लगानी गरेको छ।
स्रोतका अनुसार जिल्ला प्राविधिक कार्यालयको अधिकार कटौती गरी आफ्नो नियन्त्रणमा ल्याउन मन्त्रालयका लेखा प्रमुख, सम्बद्ध स्थानीय विकास अधिकारी र मन्त्रालयका उच्च तहका केही अधिकृत लागिपरेका हुन्।
मन्त्रालयले कैलाली र बर्दिया जिल्ला विकास समितिलाई खाता सञ्चालनमा रोक लगाउने पत्र पठाएलगत्तै उनीहरूले पनि तत्काल निर्णय कार्यान्वयन गरेका थिए।
खाता सञ्चालन सम्बन्धमा मातहतका सबै निकायलाई परिपत्र गरेका मन्त्रालयका उपसचिव (लेखा) सुवासचन्द्र शिवाकोटीले आफूले प्रेषित गरेको पत्रमा कतै पनि आयोजना नतोकेको बताए।
शिवाकोटीकै पत्रलाई उल्लेख गर्दै जिविस कैलाली र बर्दियाले आयोजनाको खातापाता जिविसमार्फत सञ्चालन हुने जनाउ दिएका थिए।शिवाकोटीले सचिवस्तरीय निर्णयलाई कानुनत: परिपत्रमात्र गरेको बताए।
'त्यो मैले गरेको पत्राचारमा कतै पनि एसएनटीआरपी (राष्ट्रिय ग्रामीण यातायात पहुँच सुदृढीकरण आयोजना) लेखेको छैन', शिवाकोटीले सोमबार अन्नपूर्णसित भने।
१२ जेठ, काठमाडौं । भूकम्पपीडितलाई १५ हजार रुपैयाँ राहत दिने विषयमा अर्थमन्त्री डा. रामशरण महत र अरू मन्त्रीबीच चर्काचर्की हुँदा सोमबार बसेको मन्त्रिपरिषद्को बैठक बिनानिर्णय टुंगिएको छ। सजिलोसँग पीडितलाई राहत रकम उपलब्ध गराउने प्रक्रियाबारे मन्त्रीहरूबीच बैठकमा चर्काचर्की भएको थियो।
सरकारले आन्तरिक रूपमा गृहकार्य गरिरहेको उद्धार, राहत तथा पुनस्र्थापनासम्बन्धी अध्यादेश राहतका विषयमै मन्त्रीहरूबीच चार घन्टास म चर्काचर्की भएपछि छलफलस म हुन नसकेको स्रोतले बतायो।
गोरखामा श्रमराज्यमन्त्री टेकबहादुर गुरुङको उपस्थितिमा स्थानीय सर्वदलीय संयन्त्रले सामान्य क्षति भएकास मलाई १५ हजार रुपैयाँ राहत दिन गरेको निर्णयबारे मन्त्रिपरिषद्मा विवाद सुरु भएको जानकारी स्रोतले दियो।
पूरै क्षति भएका र आंशिक क्षति भएका सबैलाई राहत रकम दिने निर्णयमा अर्थमन्त्री महतले आपत्ति जनाएको स्रोतले बतायो।अर्थमन्त्री महतले जिल्लामा क्षति भए पनि काठमाडौंमा घर भएकालाई राहत रकम दिन नमिल्ने भन्दै आपत्ति प्रकट गरेका थिए।
अर्थमन्त्रीको भनाइप्रति गृहमन्त्री वामदेव गौतम, भौतिक योजनामन्त्री विमलेन्द्र निधि, बनमन्त्री महेश आचार्य, उद्योगमन्त्री महेश बस्नेतलगायतले असहमति जनाएका थिए।
अर्थमन्त्रीको बैठकको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'जथाभाबी राहत रकम उपलब्ध गराउने कुराले मलाई निद्रा नै लाग्न छोडेको छ।'प्रतिवाद गर्दै गृहमन्त्री गौतमले 'चार घन्टाबाट घटाएर बरु तीन घन्टा सुत्नुस् तर राहत रकमको प्रक्रिया सजिलो पार्नुस्' भनेका थिए।
अर्थमन्त्री महतले अरू मन्त्रीहरूलाई अन्य संघसंस्थाले भूक पपीडितलाई सहयोग गरिसकेको भए सरकारले राहत दिनु नपर्ने तर्क राखेका थिए। त्यसलगत्तै भौतिक योजनामन्त्री निधिले भने, 'अरूले दिएको कुरामा सरकारले किन चासो दिने? स्थानीय निकायले दिएको रकमको हिसाब गरौं।'
[quote]अर्थमन्त्रीको बैठकको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'जथाभाबी राहत रकम उपलब्ध गराउने कुराले मलाई निद्रा नै लाग्न छोडेको छ।'प्रतिवाद गर्दै गृहमन्त्री गौतमले 'चार घन्टाबाट घटाएर बरु तीन घन्टा सुत्नुस् तर राहत रकमको प्रक्रिया सजिलो पार्नुस्' भनेका थिए। [/quote]
मन्त्री महतले मन्त्री निधिलाई जबाफ दिए, 'त्यो तपाईंको निजी धारणा हो, क्याबिनेटको होइन।' यो प्रसंगमा महत र निधिबीच चर्काचर्की भएको स्रोतले बतायो। निधिले जबाफ फर्काए, 'तपाईंले बोलेको चाहिँ क्याबिनेटको हुने, मैले बोलेको चाहिँ निजी?'
उद्योगमन्त्री बस्नेतले कच्ची घर आंशिक र पूरा चर्किएका सबैलाई दुई लाख राहत रकम र थप तीन लाख बिनाधितो ऋण गरी पाँच लाख उपलब्ध गराउन माग गरेका थिए।
भूकम्पपीडितलाई राहतबारे सबै मन्त्रीले अर्थमन्त्रीसँग स्पष्टीकरण लिएपछि उनले कड्किँदै भने, 'मलाई पपुलर हुनु छैन। मेरै जिल्ला नुवाकोटमा काठमाडौंमा घर भएका मान्छेले पीडितका नाममा सहयोग माग गरेका छन्। घर भएकाहरू पनि पालमा सुतेर राहत माग्न आउँछन्।'
कानुनमन्त्री आचार्यले बैठकमा भूक पस बन्धी समीक्षा भएको बताए। 'अस्थायी बसोबासका लागि पठाइएको राहतबारे छलफल भएको थियो। सबै भूक पपीडितलाई राहतका लागि पाँच हजार पठाएकै हो। तत्कालका लागि राहतस्वरूप पाएको पाँच हजार काट्ने होइन, त्यसको अभिलेख रा नुपर्छ भनेको हो', उनले भने।
बनमन्त्री आचार्यले पहिल्यै पाँच हजार रुपैयाँ राहत पाइसकेकाले फेरि १५ हजार पाउने कि नपाउने भन्ने विषयमा विवाद हुँदा कुनै निर्णय हुन नसकेको बताए।
मन्त्रीहरूबीच यस विषयमा लामो विवाद हुँदा भूकम्पपीडित परिचयपत्रको निर्णय गरेर करिब चार घन्टा लामो बैठक राति १० बजे सकिएको थियो।
मन्त्रीहरू प्रधानमन्त्रीको निर्णयक्षमता नभएको भनेर असन्तुष्टि व्यक्त गर्दै बाहिरिएका थिए। राहत तथा पुनर्निर्माण अध्यादेशबारे छलफलै हुन नसकेको सम्बन्धमा कानुनमन्त्री आचार्यले भने, 'अध्यादेशमा काम हुँदैछ। मंगलबार बस्ने परामर्श समितिको बैठकमा पनि यो विषय राखिनेछ र अघि बढ्छ।'
प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको राष्ट्रिय परामर्श समितिको बैठक मंगलबार बस्नेछ।मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितलाई परिचयपत्र दिने निर्णय गरेको छ।
परिचयपत्र दिँदा स्थानीय सर्वदलीय संयन्त्र, जिल्ला अनुगमन समिति, सेना वा प्रहरीको समेत सहयोग लिने निर्णय भएको छ। बैठकले आगामी जेठ १५ गते मनाउने गणतन्त्र दिवस भूकम्पपीडित जनताबीच मनाउने निर्णयसमेत गरेको छ।
यस विषयमा आवश्यक गृहकार्य गर्न बैठकले उपप्रधानमन्त्री एवं गृहमन्त्री गौतमलाई निर्देशन दिएको छ।
११ जेठ, काठमाडौ । 'घरमा अभिभावक डराउने, स्कुलमा शिक्षक डराउने, यस्तोमा जेठ १७ देखि स्कुल बोलाइएका विद्यार्थीलाई चाहिँ नडराईकन पढ भनेर कसले भन्न सक्छ', शिक्षा कार्यालय काभ्रेमा आइतबारको छलफलको विषयवस्तु नै यही बन्यो ।
वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिको ठूलो पराकम्पनले अझैसम्म गाउँबस्तीमा त्रास घट्न सकेको छैन । शिक्षा कार्यालयमा दिनहुँजसो जेठ १७ देखि स्कुल सञ्चालन गर्ने सरकारी निर्णय कसरी कार्यान्वयन गर्ने भन्नेमा छलफल चलिरहन्छ ।
'जेठ १७ देखि नै पढाइ सुरु गरिहाल्न सकिन्न किनकि शिक्षकमा समेत त्रास कायमै छ । यसलाई पूर्ण रूपमा नहटाएसम्म पठनपाठन नियमित गर्न असम्भव छ,' सहायक जिल्ला शिक्षा अधिकारी दिनेश न्यौपानेले भने । सुरुका केही हप्तामा किताबी कुराभन्दा पनि त्रास भुलाउन बालगीत, लोकगीत, नाचगान, कथा, कविता, सरसफाइका तरिकाजस्ता क्रियाकलापमा जोड दिनुपर्ने उनको भनाइ छ ।
काभ्रेका अधिकांश शिक्षक स्थानीय नै रहेको र उनीहरू पनि भूकम्प प्रभावित रहेको नेपाल शिक्षक संघका अध्यक्ष अश्विन चौलागाईं बताउँछन् । '८० प्रतिशत शिक्षकका घर भत्किएका छन् । परिवारका कोही न कोही घाइते छन् । शिक्षकको आत्मबल नबढेसम्म शिक्षण सिकाइ प्रक्रिया प्रभावकारी बन्दैन,' चौलागाईंले थपे ।
पहिलो चरणमा शिक्षकको आत्मबल बढाउने, त्यसपछि अभिभावकसँगै विद्यार्थीलाई मनोविमर्शमार्फत भयमुक्त वातावरण बनाउनुपर्ने स्रोतव्यक्ति समाजका अध्यक्ष महेश्वर जंगमको भनाइ छ ।
'तत्काल वैशाख ११ अघिकै शिक्षण क्रियाकलाप सम्भव नभए पनि बालबालिकालाई विद्यार्थीलाई विद्यालय सञ्चालन भएको अनुभूति दिलाउने क्रियाकलाप भने अघि बढाउन सकिन्छ,' जंगमले भने ।
उता, कार्यालयका अनुसार शैक्षिक जनशक्ति विकास केन्द्रले समेत क्षेत्रगत तालिम आयोजना गर्दै शिक्षकलाई विद्यार्थीलाई परामर्श दिन सक्षम बनाउने योजना अघि सारेको छ । यस्तै, काभ्रेमा सिविसले समेत शिक्षकहरूलाई मनोसामाजिक परामर्श दिने योजना राखेको छ । 'यस्ता तालिमबाट शिक्षकको मनोबल बढेपछि उनीहरूले विद्यार्थीमा व्याप्त त्रास हटाउन सक्छन्', सहायक जिशिअ न्यौपानेले भने ।
वैशाख १२ को भूकम्प र शक्तिशाली पराकम्पनले जिल्लाका ५ सय ९० सामुदायिक विद्यालयमध्ये ९९ वटामा पूर्ण क्षति भएको जिल्ला शिक्षा कार्यालयको प्रारम्भिक तथ्यांक छ । ती विद्यालयका १ हजार ५ सय ७१ कक्षाकोठा पूर्ण क्षति र १ हजार ९ सय २२ वटा कक्षाकोठामा सामान्य क्षति छ ।
यतिखेर शिक्षा विभाग र शिक्षा कार्यालयका अधिकृत तथा प्राविधिक सम्मिलित १० वटा टोली गाउँगाउँ खटिएका छन् । 'टोलीले विद्यालयको भौतिक तथा आर्थिक क्षतिको यकिन विवरणसहितको प्रतिवेदन बनाउँछ जसले आगामी योजना बनाउन सजिलो हुन्छ', शिक्षाका कार्यक्रम अधिकृत बालकृष्ण सिंखडाले जानकारी दिए ।
तत्कालै कक्षा सञ्चालन गर्न समस्या भएका ९९ वटा स्कुलमा कम्तीमा १ सय २५ वटा अस्थायी सिकाइ केन्द्र (टिएलसी) बनाउनुपर्ने आवश्यकता रहेको जिल्ला शिक्षा समिति अध्यक्ष एवं स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाको भनाइ छ ।
निजी पनि तयार
काभ्रेका निजी स्कुल सञ्चालक पनि जेठ १७ गतेबाट कक्षा सञ्चालनको तयारीमा जुटेका छन् । पहिलो एक हप्ता पठनपाठनभन्दा पनि शिक्षक र विद्यार्थीमा रहेको त्रासलाई हटाउन विभिन्न क्रियाकलाप, तालिम तथा प्रशिक्षणको योजना बनाएका छन् ।
'लामो समयपछि विद्यार्थीलाई स्कुलसम्म आउने वातावरण तयार पार्नु नै मुख्य काम हो । उनीहरूलाई पूर्ववत् अवस्थामा फर्काउन विभिन्न क्रियाकलाप आयोजना गर्छौं । यसमा नाचगान, खेलकुदलगायत कार्यलाई प्राथमिकता दिइनेछ । शिक्षकलाई समेत मनोविमर्शलगायतका तालिम दिन्छौं', प्याब्सन काभ्रेका पूर्वअध्यक्ष एवं विद्यासागर स्कूलका प्रिन्सिपल हिरा शर्मा नेपालले भने । ग्रामीण भेगका निजी स्कुलमा बढी क्षति भएकाले अस्थायी कक्षाका लागि टेन्ट र अन्य सामग्री सहयोग गर्न लागिएको पनि उनले जानकारी दिए ।
फोटोः जिल्लाकै पुरानो सञ्जीवनी उच्चमावि, धुलिखेलको साइन्स ब्लक, बाहिरबाट हेर्दा केही नदेखिए पनि भित्री भागमा जताततै चर्केको र भत्किएको छ ।
यस्तै, देवीटार गाविसको देवीस्थान निमाविको भवन बाहिर केही नभएको देखिए पनि भित्री भागमा जताततै चर्केको र भत्किएको छ ।
११ जेठ, काठमाडौ । भूकम्प प्रभावित दोलखाको लिपिलाङ गाविसबाट १९ बालबालिकाालाई अबैध रुपमा काठमाडौ ल्याउने ७ जनाविरुद्ध मानव बेचविखन अभियोगमा अनुसन्धान सुरु भएको छ ।
भारतको देहरादून लैजाने उद्देश्यले सरकारी निकायलाई पत्ते नदिई बालबालिका ल्याउने भारतीय नागरिक लोप्साङ दाबा र फुन्चोक टासी तथा बालबालिका खोज्न सघाउने पूर्ण धामी, किरण धामी र सुष्मा श्रेष्ठविरुद्ध मानव ओसारपसार अभियोगमा काठमाडौ प्रहरीले तथा अन्य दुई जनाविरुद्ध ललितपुर प्रहरीले अनुसन्धानअघि बढाएको नागरिक दैनिकमा खबर छ ।
देहरादूनस्थित ‘पेस्तालोजी चिन्ड्रेन भिलेज’ का प्रतिनिधिले बिनाअनुमति दोलखाबाट ११ बालक र ८ बालिका ल्याएर काठमाडौको एसओएस तथा ललितपुर, लुभुको मेरीवार्ड स्कुलमा राखेको राखेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।
एक जिल्लाका बालबालिकलाई अर्को जिल्लामा लैजान अभिभावकको स्वीकृतिसहित जिल्ला बालकल्याण समिति, जिल्ला प्रशासन कार्यालय, गाउँ विकास समिति वा स्थानीय प्रहरीको पूर्वअनुमति लिनुपर्ने कानूनी प्रावधान छ ।
यसविपरित उनीहरुले कसैको अनुमति नलिई भारत लैजान ती बालबालिका उपत्यका भित्राएका थिए । केन्द्रीय बाल कल्याण समितिले उनीहरुले पूर्व अनुमति नलिई बालबालिका ल्याएकाले मानव ओसारपसार सम्बन्धी कानून आकषिर्त हुने भन्दै प्रहरीमा निवेदन दिएपछि अनुसन्धान प्रक्रिया अघि बढाएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
११ जेठ, काठमाडौ । सरकारले भूकम्पपीडितलाई ५० हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने निर्णय गरेको छ।
अर्थमन्त्री रामशरण महत संयोजक रहेको मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिले यसअघि ऋण लिइसकेका पीडितको ५० हजार रुपैयाँँसम्म ऋणको साँँवा र ब्याज मिनाहा दिने निर्णय गरेको हो। मन्त्रिपरिषद् हँुदै समितिमा पुगेको भूकम्पपछिको एकीकृत कार्ययोजना बनाउने क्रममा ऋण मिनाहाको पनि निर्णय भएको हो।
यससम्बन्धी कार्यविधि राष्ट्र बैंक र अर्थ मन्त्रालयले तयार पार्दै छन्। ‘कति ऋण हो?, भूकम्पबाट कति क्षति भएको हो?, आर्थिक हैसियत के हो? के शीर्षकमा ऋण लिएको हो? भन्ने विषयको मूल्यांकन गरेर मिनाहा गरिने हो,’ महतले भने, ‘यससम्बन्धी कार्यविधि बन्दै छ। मोडालिटीबारे कार्यविधिले निर्धारण गर्नेछ।’
कार्यविधि बनाउन अर्थ र राष्ट्र बैंक जुटिसकेको उनले बताए। समितिको निर्णयअनुसार यस्तो कार्यविधि १५ दिनभित्र बनाइसक्नुपर्नेछ। ‘प्रभावित क्षेत्रका बैंकका ऋणीहरूका लागि ऋणको सीमा, आर्थिक अवस्था र क्षतिको आधार हेरी ब्याज र ऋण भुक्तानी तोकिएको पुनर्संरचना गर्ने एवं कार्यविधिबमोजिम ५० हजारसम्मको ऋणको साँँवा र ब्याज मिनाहा दिने,’ निर्णयमा उल्लेख छ।
ऋण मिनाहा सरकारी मात्रै नभएर निजी बैंकले समेत गर्नुपर्नेछ। त्यसको प्रावधानबारे अहिले नै कार्यक्रम भने बनिसकेको छैन। समितिका सचिव शान्तराज सुवेदीले ऋण मिनाहाको निर्णय भए पनि थप व्यवस्था कार्यविधिले गर्नेछ।
‘यो जुन कुनै बैंकबाट ऋण लिएको भए पनि मिनाहा दिनुपर्छ,’ उनले भने, ‘यससम्बन्धी बृहत् कार्यविधि भने दुई निकायले बनाउनेछन्। उक्त मापदण्डका आधारमा कार्यक्रम तह हुनेछ।’ कार्यविधि बनिसकेपछि चालू आर्थिक वर्षको असार मसान्तसम्मको यससम्बन्धी काम सम्बन्धित बैंकले सक्नुपर्नेछ। सरकारको उक्त निर्णयपछि मिनाहा भएबराबरको रकम सरकारले बेहोर्नुपर्नेछ।
सरकारले यसअघि भूकम्प प्रभावितहरूका लागि सहुलियतपूर्ण ऋणको व्यवस्था गरिसकेको छ। २ प्रतिशत ब्याजमा १५ देखि २५ लाख रुपैयाँँसम्म ऋणको व्यवस्थासम्बन्धी उक्त व्यवस्थाको कार्यविधि राष्ट्र बैंकले छलफलका लागि राखेको छ।
११ जेठ, काठमाडौ । वैशाख २९ को भूकम्पपछि दोलखाको सिंगटीबाट होलिकप्टर चढाइएका ५ घाइते अझै बेपत्ता छन्। उपचारका लागि हेलिकप्टर चढाएको १३ दिनसम्म पनि काठमाडौंका कुनै अस्पतालमा ती घाइते नभेटिएपछि उनीहरू दुर्घटनाग्रस्त अमेरिकी हेलिकप्टरमै थिए कि भन्ने आशंका बढेको छ।
चढेको समय, हेलिकप्टरको उडान तालिकासमेत हेरेर घाइतेका आफन्तले सोही दिन दुर्घटना भएको अमेरिकी मरिन कप्र्सको यूएच–१ वाई हुवेमा आफन्त परेको हुन सक्ने अनुमान गरेका हुन्। आफन्तजन सुरक्षा निकाय, स्थानीय प्रशासन, राष्ट्रिय मानवअधिकार आयोग गुहार्दै हिँडेका छन्। बेपत्ता भएकामा लादुक ७ चित्रेका ध्रुव कटवाल, लोकबहादुर कटवाल, शिव खत्री, यमबहादुर खत्री र लामिडाँडा गाविसकी सावित्री सिवाकोटी छन्।
उनीहरूका आफन्तले क्षतिग्रस्त सिंगटीमा उक्त दिन दिउँसो २ बजेतिर उद्धार गर्न आएको अमेरिकी हलिकप्टरमा चढाएको तर काठमाडौं र बनेपाका सबै अस्पताल चहार्दा पनि फेला नपरेको बताए। ‘भूकम्पमा परी भाइ घाइते भएपछि केहीबेरमा आएको अमेरिकी हेलिकप्टरभित्र मैले चढाए। अरू ४ घाइते पनि राखियो,’ हराएका घाइते ध्रुवका दाजु पुनम कटवालले आइतबार कान्तिपुरसँग भने, ‘मैले भाइलाई अहिलेसम्म भेटेको छैन।’ काठमाडौंका सबै अस्पतालमा हरेक दिन जस्तो खोजी गरिरहेका आफन्त अच्युत्तम कटवालले विरामी नभेट्दा आफूहरू निराश भएको र दुर्घटनाग्रस्त अमेरिकी हेलिकप्टरमै परेको हो कि भन्ने शंका लागेको बताए।
‘हामी बनेपादेखि थानकोटसम्मका सरकारी, निजी सबै अस्पताल पुगिसक्यौं,’ अच्युत्तमले भने, ‘कुनै अस्पतालको रेकर्डमा ती ५ जना घाइतेको नाम छैन।’ यत्रो दिन बितिसक्दा समेत कुनै घाइतेले सम्पर्क नगरेकोमा उनीहरू आश्चर्यमा परेका हुन्।
अर्का घाइते शिव खत्रीका छोरा विश्वासले हेलिकप्टर चढाएको भोलिपल्टदेखि लगातार खोजी गर्दा फेला नपरेपछि आफू अहिले गाउाँमै फर्किएको प्रतिक्रिया दिए। ‘सबै घाइतेका आफन्त मिलेर हामीले लगातार खोज्यौं। थाकेपछि म अहिले घर फर्केको छु,’ सिंगटी पुगेका विश्वासले भने, ‘उता बुबा भेटिनुभएको छैन। यता गाउँको घर पुरै ध्वस्त छ। टहरो हाली बाँकी परिवार राख्न केही दिनलाई गाउँ आएको छु।’
दोलखाको चरिकोटमा रहेको बर्दबहादुर गण, जिल्ला प्रहरी, काठमाडौंमा त्रिभुवन विमानस्थलस्थित सेनाको ब्यारेक र सैनिक अस्पताल छाउनीमा समेत पुगी हेलिकप्टरबाट पठाएका बिरामीको अवस्था बुझेको आफन्तजनले बताए। ती निकाय आफैं अन्योलमा परेको र कतिपयले खोजिरहेका छौं भन्ने जवाफ दिँदै आएका छन्। स्पष्ट जवाफ नपाएपछि उनीहरूले घाइतेको अवस्था बुझ्न मानवअधिकार आयोगमा समेत निवेदन दिएको र आयोगले बुझिरहेको अच्युत्तमले बताए।
सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले हराइरहेका घाइतेबारे मानवअधिकार आयोगबाट समेत चासो व्यक्त भएको बताए। ‘हामीले पनि अस्पताललगायत धेरैतिर खोज्यौं तर फेला पारेका छैनौं। त्यहाँ पुगेका हाम्रो, भारतीय र अमेरिकी सेनाका सबै हेलिकप्टरका मेनिफेस्टो झिकाएर हेर्यौ, उनीहरूको नाम फेला परेको छैन। आफन्तले अमेरिकी हेलिकप्टर चढाएको भनेका छन् तर स्थानीय प्रशासनबाट कतिबेला, कुन हेलिकप्टर चढाइएको हो स्पष्ट जानकारी आएको छैन,’ उनले भने।
दोलखा प्रहरी प्रमुख डीएसपी अजय केसीले पनि स्थानीय आफन्तले भूकम्पलगत्तै आएको अमेरिकी हेलिकप्टरमा ५ घाइतेलाई चढाएको तर नभेटिएको उजुरी परेको बताए। ‘वैशाख २९ को भूकम्पका बेला हाम्रो प्रहरीको टोली पारिपट्टिको गाउामा खोज तथा उद्धारमा खटिएको थियो। स्थानीयले त्यसैबेला आएको अमेरिकी हेलिकप्टरले ५ घाइते लगेको बताएका छन्। यसबारे छानबिन भइरहेको छ,’ आइतबार छानबिनकै क्रममा सिंगटी पुगेका डीएसपी केसीले भने।
डीएसपी केसीका अनुसार त्यसपछि सिंगटी पुगेका हेलिकप्टरको मोनिटरिङ प्रहरीले नै गरेको थियो। ‘ती हेलिकप्टरमा उडेकाको सूचीमा ती हराएका ५ घाइतेका नाम छैन,’ उनले भने। दोलखाका सभासद पशुपति चौलागाईंका अनुसार काठमाडौंमा आएर परिवारको सम्पर्कमै आउन नसक्ने खालको गम्भीर अवस्थाका घाइतेहरू नभएको बताए। ‘आफैले फोन गरेर अवस्था बताउन सक्ने थिए। तर अहिलेसम्म पत्तो लागेको छैन। यसलाई सरकारले गम्भीर रूपमा लिई वास्तविकता बाहिर ल्याउनुपर्छ,’ चौलागार्इंले भने।
हुवे हेलिकप्टर वैशाख २९ गते दिउँसो साढे २ बजेदेखि सुनाखानी इलाकाबाट सम्पर्कविहीन भएको थियो। हेलिकप्टर तीन दिनपछि जेठ १ गते दिउँसो सिन्धुपाल्चोकको घोर्थली गाविस–३ मा ११ हजार २ सय फिट उचाइको अतिविकट स्थानमा क्षतिग्रस्त रूपमा फेला परेको थियो। अहिलेसम्म नेपाली सेनाले गराएको जानकारीअनुसार त्यसमा २ नेपाली र ६ अमेरिकी सैनिक थिए। दुर्घटनामा परी मृत्यु हुने नेपाली सैनिकमा दैलेखको नारायण नगरपालिका–८ रिन्हा निवासी सह–सेनानी तपेन्द्र
रावल र दार्चुलाको शिखर गाविस–३ वरेल निवासी जमदार बसन्त तितरा छन्।
दुर्घटनास्थलमा शव टुक्राटुक्रा अवस्थामा छरिएको भेटियो। सैनिक टोली घटनास्थल पुग्दा हेलिकप्टर जलेको र आगो पूर्णरूपमा निभिसकेको थिएन। हेलिकप्टर फेला परेको तेस्रो दिन जेठ ३ गतेमात्रै दुर्घटनामा परी मृत्यु भएका सबै ८ सैनिकको शव काठमाडौं ल्याइएको थियो। प्रतिकूल मौसमका कारण शव ल्याउन ढिलाइ भएको सेनाले जनाएको छ।
सुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बे–९ मा राखी टुक्राटुक्रा अवस्थामा रहेका शव पहिचानको प्रयास गरियो। घटनास्थलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शवका टुक्राहरू संकलन गरेर ल्याई नेपाली सेनाको जिम्मा लगाइएको डीआईजी हेमन्त मल्लले जानकारी दिए। शवका टुक्राहरूको नमुना डीएनएलगायत परीक्षणका लागि अमेरिकी सेनाले नै लगेको छ। परीक्षणपछि मात्रै शवको पहिचान हुने र नेपाली सैनिकको शव एक टुकडीले अन्तिम सम्मान दिई दाहसंस्कारका लागि हवाई साधनबाट सम्बन्धितको गृह जिल्ला लगी आफन्तलाई बुझाइने छ। डीएनए परीक्षणबाट हेलिकप्टरमा सैनिकहरू मात्र रहेको वा अरू पनि रहेकोजस्ता कुरा खुल्ने सैन्य प्रवक्ता पोखरेलले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार १२ बजेर ५६ मिनेटमा भुइँचालो आएपछि रनवे बन्द गरिएको थियो र २ बजेर ५५ मिनेटमा खुला गरिएको थियो। त्यसबीचमा थुपै हेलिकप्टर
उद्धारका लागि उडेका थिए। त्यही बेला उडेको हुवे दुर्घटनाग्रस्त भएको थियो।
सैनिक स्रोतका अनुसार हेलिकप्टरको सञ्चार यन्त्र र जीपीएस अफ गरिएको थियो। त्यसैले दुर्घटनाग्रस्त हेलिकप्टर पत्ता लगाउन ढिलाइ भयो। सेनाका अनुसार नेपाली सैनिकको मोबाइल ट्रयाक गरेर हेलिकप्टर दुर्घटनास्थल पहिचान गरिएको थियो। दुर्घटनाका दिन सैनिकको मोबाइल साँझ ६ बजेसम्म अन नै थियो। शवसँगै मोबाइल पनि डढेका कारण ६ बजेपछि अफ भएको सेनाको अनुमान छ। दुर्घटनास्थलबाट चीनको सीमा ६ किलोमिटरको दूरीमा छ।
सेनाले आन्तरिक छानबिनका लागि विमान चालक सहायकरथी सुधीर श्रेष्ठको नेतृत्वमा ५
सदस्यीय टोली बनाएको छ, टोलीले छानबिन गरिरहेको छ। दुर्घटनाग्रस्त हेलिकप्टर अमेरिकी सेनाको ३६ औं कार्गोमा जापानबाट ल्याइएको हो। यस्ता हेलिकप्टर तीनवटा ल्याइएका थिए भने
लडाकु भी २२ ओस्प्रे चारसहित सात अमेरिकी विमान खोज तथा उद्धार कार्यका लागि नेपाल आएका थिए।
१० जेठ, मुम्बई । आठौँ संस्करणको इन्डियन प्रिमियर लिगको उपाधि मुम्बई इन्डियन्सले जितेको छ।
आइतबार इडन गार्डेन स्टेडियममा मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सलाई ४१ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर २०२ रन बनाएको थियो। २०३ रनको लक्ष्य पछ्याएको चेन्नई सुपर किङ्स १५० रनमा समेटिएको थियो।
मुम्बईलाई जिताउने क्रममा लेंडल सिमन्सले सर्वाधिक ६८ रन बनाए। ४५ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरेका थिए।
यस्तै कप्तान रोहित शर्माले ५० रनको पारी खेले। २६ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरेका उनी ब्राभोको बलमा जडेजाबाट क्याच भए।
पोलार्ड र राइडुले समान ३६ रन बनाए।
यता कठिन लक्ष्य पछ्याएको चेन्नई डिआर स्मिथको ५७, सुरेश रैना २८ तथा कप्तान महेन्द्र सिंह धोनीको १८ रन बाहेक अरूले जमेर खेल्न सकेनन्।
मुम्बईका मिचेल क्लिनागनले ३, लासिथ मालिङ्गा र हरबजन सिंहले समान २-२ विकेट लिए।
तस्विरहरूः आइसिसि
१० जेठ, काठमाडौं । नेपाली सेनाले भूकम्प प्रभावित सैनिकहरुका लागि राहत प्याकेजको घोषणा गरेको छ । भूकम्पमा परी मृत्यु भएका सैनिकको परिवारलाई सैनिक कल्याणकारी कोषबाट ३ लाख २५ हजार प्रदान गरिने सैनिक जनसम्पर्क निर्देशनालयले भएको छ ।
दुर्घटना बीमा र साधारण बीमाको रकम २ लाख ७५ हजार गरी अधिकृतको परिवारले ६ लाख पाउनेछन् । पदिकको दुर्घटना बीमा र साधारण बीमा २ दाख २५ हजार र अन्य दर्जाको १ लाख ७५ हजार छ ।
भूकम्पमा परी मृत्यु भएका अवकाश प्राप्त सैनिकको परिवारलाई ३ लाख २५ हजार प्रदान गरिने निर्देशनालयले जनाएको छ । भूकम्पमा पूर्ण रुपमा घर भत्किएका बहालवाला र अवकाश प्राप्त सैनिकलाई ५० हजार र आंशिक क्षति भएकालाई २५ हजार राहत दिइने छ ।
यस्तै भूकम्पमा अंगभंग भएका सैनिकलाई अशक्तताका आधारमा १ लाखसम्म राहत दिइने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । साथै भूकम्पमा मृत्यु भएका बहालवाला वा अवकाशप्राप्त सैनिकका छोराछोरीलाई विद्यालय अध्ययन गर्न प्रधानसेनापति छात्रवृत्ति तथा बहालवाला सैनिकका छोराछोरीलाई प्लस टुसम्म सैनिक महाविद्यालयमा निःशुल्क अध्ययनको व्यवस्था हुनेछ । बहालवाला तथा अवकाश प्राप्त सैनिकको परिवारमा कसैको मृत्यु भएको भए १० हजार दिइनेछ ।
भूकम्पमा घर क्षतिग्रस्त भएका सैनिकलाई भूकम्प प्रतिरोधात्मक घर बनाउन आवश्यक परामर्श दिन टेक्निकल सपोर्ट टिम गठन गरिने छ । साथै भूकम्प प्रभावित सैनिकको परिवारको उपचारका लागि घुम्ती स्वास्थ्य शिविर चलाइने सेनाले जनाएको छ ।
१० जेठ, भैरहवा । भूकम्प पीडितहरुका लागि सहयोग जुटाउने उद्देश्यले भैरहवामा मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ । रुपन्देहीको लुम्विनी करिडोरमा रहेका उद्योगका महाप्रवन्धकहरुको समूहले मैत्रीपूर्ण फुटबल आयोजना गर्न लागेको हो ।
भूकम्पपीडितहरुका लागि सहयोग गर्ने उद्देश्यले चेरीटेवल कर्पोरेट फुटबल टुर्नामेन्ट आयोजना गरिएको लुम्विनी करिडोर म्यानेजर्श तथा कर्मचारी समूहका संयोजक राजकुमार गुप्ताले पत्रकार सम्मेलनमा जानकारी दिए ।
भैरहवाको पक्लिहवास्थित कृषि क्याम्पसको मैदानमा जेठ १४ देखि १६ गतेसम्म खेल हुने छ । ६ सिमेन्ट उद्योग र २ छड उद्योगका ८ टिमबीच प्रतिस्प्रधा हुने आयोजकले जनाएको छ ।
करीडोरमा रहेका उद्योगहरुले सिन्धुपाल्चोक लगायतका भूकम्प प्रभावित जिल्लाहरुमा समूहगत तथा औद्योगिक प्रतिष्ठानले बेग्लाबेग्लै राहत वितरण गर्दै आएका थिए । उद्योगहरुको म्यानेजरहरुको समूहले पनि राहत रकम संकलन गर्ने उद्देश्यले मैत्रीपूर्ण फुटवल आयोजना गरेको गुप्ताले बताए ।
प्रतियोगितामा ‘डोनेसन बक्स’ राखी रकम संकलन गर्ने र सोही रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने म्यानेजर्श तथा कर्मचारी समूहका संयोजक गुप्ताले बताए ।
१० जेठ, काठमाडौं । विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त बनेका घरहरुको पुर्ननिर्माणका लागि उपयुक्त नमूना घर युवाहरुले प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका छन्।
नेपाली कांग्रेसका युवा नेता मनिष कोइरालाको नेतृत्वमा आइतबार बालुवाटार पुगेका युवाहरुले अस्थायी घर बन्ने समय र लागतमै स्थायी घर बन्ने भन्दै नमूना घर हस्तान्तरण गरेका हुन्।
उनीहरुले भूकम्पका कारण क्षतिग्रस्त विभन्न गाउँमा त्यस्ता घर बनाउने प्रतिबद्धता समेत प्रधानमन्त्री कोइरालासग व्यक्त गरे।
अभियानका संयोजक मनिष कोइरालाका अनुसार सो समूहले पहिलो चरणमा काठमाडौंको पुर्वी भेगमा रहेको विश्वम्भरा गाउँमा स्थायी घरहरु निर्माण गर्नेछ।
‘हामीले विश्वम्भरा गाउँको दलित वस्तीबाट घर निर्माणको अभियान सुरु गरेका छौं र यसैबारेमा प्रधानमन्त्रीलाई हामीले जानकारी गरायौं।’, प्रधानमन्त्री संगको भेटपछि कोइरालाले भने।
अभियानमा सहभागि ईन्जिनियर नवराज त्रिपाठीले प्रभावित गाउँमा आफुहरुले बनाउन लागेको घरको नमूना बुझाएर अभियान सुरु गरेको बताए।
समूहमा सहभागी आर्किटेक्ट मेली शाहका अनुसार विश्वम्भरा गाउँबाट थालिने घर निर्माण अभियान अन्तर्गत काठ, बाँस, प्लेन पाता, जस्ता लगायतका निर्माण सामाग्री प्रयोग गरी भूकम्प प्रतिरोधी घर बनाइनेछ।
त्यस्ता घरहरुको निर्माण युवाहरुको श्रमदान र स्थानीय सहयोग सहित ६० हजार रुपैयामा तयार हुनेछ।युवाहरुबाट नमुना घर ग्रहण गरेपछि प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पछिको देश निर्माणमा आम युवाहरुको महत्वपूर्ण भूमिका हुने बताए।
प्रधानमन्त्री कोइरालाले पुर्ननिर्माणका लागि थालिएको सो अभियान सकरात्मक भएको भन्दै बढी भन्दा बढी युवाहरु पुर्ननिर्माणमा सक्रिय भएको आफूल हेर्न चाहेको बताए।
१० जेठ, बुटवल । बुटवल-बेलहिया ६ लेनको व्यापारिक सडक निर्माणमा अवरोध पुर्याएका राजमार्ग चौराहा क्षेत्रका १० घर डोजर प्रयोग गरी भत्काइएको छ ।
बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठदेखि माओवादी नेता प्रकाश श्रेष्ठ लगायतका घर भत्काइएको छ ।
बुटवलमा नाम चलेका व्यक्तिहरुले नै नियम मिचेर घर बनाएका थिए । घर भत्काउन स्थानीय प्रशासनले गरेको आग्रह उनीहरुले अटेर गर्दै आएका थिए ।
बुटवलको चौराहादेखि तिलोत्तमा नगरपालिकाको जानकीनगरसम्म ७२ घर सडकको मापदण्ड बिपरित रहेकाले ती सबै हटाइने सडक परियोजना संयोजक विरेन्द्र महासेठले बताए । ८२ फिट भित्र रहेका सबै घरहरु एक हप्ताभित्रै भत्काइने महासेठले बताए ।
व्यापारिक मार्गको बुटवल चौराहामा सडकको दायाँ र बायाँ रहेका सुरेन्द्रप्रसाद श्रेष्ठ, प्रकाश श्रेष्ठ, मथुरा ध्वजु, जयबहादुर गुरुङ, कुलबहादुर श्रेष्ठ, चिनियाकाजी श्रेष्ठ, तेजबहादुर श्रेष्ठ, चमेलीदेवी श्रेष्ठ र अन्य २ जनाका घर छन् ।
डोजर चलिरहदा केहि घरधनीले हारगुहार गरेका थिए । उनीहरुलाई आफै घर भत्काउन ७ दिनको म्याद दिइएको छ । स्थानीय प्रशासन र सडक डिभिजन कार्यालयसँग उनीहरुले आफै घर भत्काउने लिखित सहमति गरेका छन् ।
‘७ दिनमा हामी आफै हाम्रो घर तथा भवन भत्काउनेछौं, नभत्काए पुनः डोजर चलाउन अवरोध गर्ने छैनौं,’ सहमतिपत्रमा उल्लेख छ ।
१० जेठ, काठमाडौं । म्याम्दीको राम्चेमा पहिरो खसेर काली गण्डकी नदी थुन्दा बनेको बनेको ताल फुटेको छ । तर, यसले कुनै मानवीय तथा भौतिक क्षति भएन ।
सहायक प्रमुख जिल्ला अधिकारी यामबहादुर चोखालका अनुसार तालको पानी सकिएको छ र कालीगण्डकी नदी अब पुरानै बहाव आएको छ । ‘सानोतिनो पहिरो त झरिरहेको छ । तर, अब ताल सकियो’ चोखालले अनलाइनखबरसँग भने-‘ठूलो खतरा टरेको छ ।’
म्याग्दीको राम्चे गाविस ९ मा पहिरो खस्दा मध्यरातदेखि कालीगण्डकी नदी थुनिएको थियो । जसका कारण २ किलोमिटर लम्बई र एक समय मिटर गहिरो ताल बनेको थियो ।
आइतबार ५ बजेतिर ओभर फ्लो भएर तालबाट पानी बग्न सुरु भएको थियो । तर, ओभर फ्लो भएपछि पानी बगेपछि ताल फुट्दा नदीमा ठूलो पानी आएको थियो । जसका कारण बेनी बजारसम्म नदीको छाल पुगेको थियो ।
झण्डै आधा घन्टा बाढी जस्तै भएर नदी ठूलो आएपछि क्रमिक रुपमा पानीको सतह घटेको छ । सहायक प्रजिअ चोखालले भने-सबै भन्दा नजिकको बस्ती भनेकै बेनी हो । यहाा पनि ठूलो भौतिक क्षति भएको छैन ।’
१० जेठ, काठमाडौं । म्याग्दीको राम्चे गाविस ९ बैसरीमा पहिरो जाँदा कालीगण्डकी नदी थुनिएको छ । नदी थुनिएपछि सदरमुकाम बेनीसहित नदीकिनार आसपासका बस्ती जोखिममा परेका छन् । स्थानीय प्रशासनले सुरक्षित स्थानमा जान र सतर्क रहन सबैलाई आग्रह गरेको छ ।
बस्ती नै पुरियो
पहिरोका कारण भगवती गाविस २ को बस्ती पुरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक हिराबहादुर गिरीले जानकारी दिए । मानवीय क्षति भए नभएको एकिन नभएको उनले बताए ।
काफलडाँडाको चट्टानी पहाड झरेर नदीको ९५ प्रतिशत बहाव बन्द भएको स्थानीयको भनाइ छ । सो क्षेत्र भूकम्पलगत्तै कमजोर भएको थियो ।
आइतबार विहान २ बजेतिर नदी थुनिएको अनुमान गरिएको छ । विहान ३ बजेतिर नदी थुनिएको जानकारी पाएका स्थानीयबासिन्दा आतंकित हुँदै सुरक्षित स्थानको खोजीमा लागेका छन् ।
घतान, पिप्लेको घुमाउने ताल, भगवती, बेनीबजार, गलेश्वर, तातोपानी, तित्ल्याङ, बेगखोला, महभिर, घुरुङ तातोपानी, पोखरेबगर, घारखोलालगायतका स्थान जोखिममा छन् । बेनीबजारदेखि दक्षिणतर्फ खानियाँघाट, फर्चे, मालढुंगालगायत स्थानका बस्ती पनि जोखिममा छन् ।
सदरमुकाममा भागाभाग
जोखिमयुक्त बस्तीका बासिन्दा अग्लो स्थानतर्फ लागेका छन् । सदरमुकाम वेनीका अधिकांश बासिन्दाले घर छाडेका छन् । कालीगण्डकी नदी थुनिएको खबरपाएपछि सदरमुकाममा भागाभाग भएको थियो । सुरक्षाकर्मी, सन्चारकर्मीलगायतमात्रै सदरमुकाममा देखिन्छन् ।
आसपासका जिल्ला पनि जोखिममा
कालीगण्डकी नदी बेनीमा म्याग्दीखोलासँग जोडिएको छ भने दक्षिणतर्फ यो नदी चितवनको देवघाटमा नारायणी नदीसँग मिसिन्छ । एक्कासी बाँध फुटेमा म्याग्दी आसपासका जिल्लाका बासिन्दासमेत जोखिममा पर्ने अनुमान गरिएको छ । कालीगण्डकी थुनिएपछि
सिन्धुपाल्चोक जुरेको जस्तै स्थिति आउनसक्ने स्थानीयको अनुमान छ । सिन्धुपाल्चोकको राम्चेस्थित जुरेको पहिरोले धेरै हताहती भएको थियो ।
कालीगण्डकी थुनिएको र यसबाट निम्तिन सक्ने संकटबारे केन्द्रमा जानकारी गराइसकेको प्रहरी नायव उपरीक्षक गिरीले बताए । नदी खुलाउने उपायबारे दैवी प्रकोप उद्धार समितिको बैठक समेत बसेर निर्णय लिइने उनले बताए । केन्द्रबाट हेलिकोप्टरमार्फत् घटनास्थलको निरीक्षणको तयारी भैरहेको छ ।
९ जेठ, सुर्खेत । सुर्खेतको लाटीकोइलीस्थित नयाँगाउँका एक युवाले सामन्य विवादमा पत्नीकोे हत्या गरेका छन् ।
सामान्य बिवादमा स्थानीय तुलसिं नेपालीले पत्नी गीता नेपालीको शुक्रबार राती हत्या गरेका हुन् ।
दिउँसो छिमेकीको मलामी गएर फर्किएका उनले राती आठ बजेतिर २३ वर्षीया गीताको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
मलामीबाट घर आएका तुलसिंले खाना खाने समयमा एक्कासी पत्नीलाई खुकुरी हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत चौधरीले बताए । प्रहरीका अनुसार तुलसिंले पत्नीको घाँटीमा खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट गीताको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । पत्नीको हत्या गरेपछि तुलसिंले आफ्नो पेटमासमेत खुकुरी प्रहार गरेर आत्महत्या प्रयास गरेका थिए ।
गम्भीर घाइते तुलसिंको मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।
स्थानीय बासिन्दाका अनुसार गीता र तुलसिंको ६ वर्ष अघि विवाह भएको थियो । उनीहरूको चार वर्षका छोरा छन् । मजदुरी गर्दै आएका तुलसिं र गीताबीच शुक्रवार बिहान खटपट भएपछि तुलसिं छिमेकीको मलामी गएका थिए ।
मलामीबाट फर्केर राती घरमा आएपछि खाना खाने समयमा पत्नीमाथि खुकुरी प्रहार गरेको स्थानीय बासिन्दाको भनाइ छ ।
स्थानीयका अनुसार गीताले पति र छोरालाई खाना पस्केर आफूलेसमेत खाने तयारी गरिरहेकी थिइन् । तर, पतिले एक्कासी खुकुरी प्रहार गरेर हत्या गरेपछि उनले पस्केको भात समेत खान नपाएको छिमेकीको भनाइ छ ।
गीताको हत्यापछि अहिले गाउँ नै शोकमा डुबेको छ । छिमेकी तथा आफन्तहरूले दोषीलाई कारबाही गर्न माग गरेका छन्. । जिल्ला प्रहरी कार्यालयले भने घटनाको मुचुल्का उठाएको छ ।
अब कारबाहीको प्रक्रिया सुरु गरिने जानकारी दिएको छ । पत्नीको हत्यामा संलग्न तुलसिंलाई प्रहरीले पक्रेको छ ।
९ जेठ, कोलम्बो । श्रीलंकाको राष्ट्रिय महिला क्रिकेट टिममा पर्नका लागि क्रिकेट बोर्डका केही सदस्यले खेलाडीको यौन शोषण गर्ने गरेको तथ्य फेला पारेको छ ।
श्रीलंकाको खेल मन्त्रालयद्वारा गठित जाँचबुझ समितिले टिममा स्थान पाउनका लागि खेलाडीहरुलाई यौन सम्पर्क राख्न दबाब दिने गरेको रिपोर्ट बुझाएको छ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश निमल दिशानायकेको नेतृत्वमा गठित ३ सदस्यीय समितिको रिपोर्ट बुधबार मन्त्रालयलाई बुझाएको थियो ।
‘समितिले बुझाएको अनुसन्धान रिपोर्टमा अधिकांश महिला क्रिकेटर माथि यौन शोषण हुने गरेको छ,’ खेल मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ, ‘उक्त अपराधमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन खेल मन्त्रीले आदेश गरिसक्नुभएको छ ।’
खेल मन्त्रालयद्वारा जारी वक्तव्यमा को–को उक्त अपराधमा संलग्न थिए, उनीहरू विरुद्ध के कस्ता प्रमाण फेला परे तथा संलग्नमाथि कस्तो कारवाही हुन्छ भन्ने बारे भने केही खुलाइएको छैन ।
हिन्दुस्तान टाइम्सको अनलाइनमा प्रकाशित समाचार अनुसार एक स्थानीय पत्रिका ‘दिवाइना’ले श्रीलंका महिला टिमकी अग्रज महिला खेलाडीलाई टिम व्यवस्थापनले यौन ईच्छा पुरे नगरेकै कारण टिमबाट हटाईएको समाचार छापे सँगै यो विवादको जन्म भएको थियो ।
हाल श्रीलंकन महिला क्रिकेट टिम आईसिसीको विश्व बरियतामा छैठौं नम्बरमा छ ।
९ जेठ, काठमाडौं । त्रिभुवन विमानस्थलको गेटमा सुरक्षा जाँच गर्ने व्यवस्था भएता पनि कमजोर सुरक्षाको फाइदा उठाउँदै विमानस्थलको आगमनकक्ष नजिकै एक युवकमाथि खुकुरी प्रहार भएको छ ।
सुरक्षाका लागि प्रहरी डीआइजीको पोष्टिङ रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय आगमनद्वार अगाडि शुक्रबार साँझ यस्तो घटना भएको हो ।
विदेशबाट आएका आफन्त लिन विमानस्थल पुगेका काठमाण्डौं गौरीधारा निवासी ३३ वर्षीय मधुसुधन पौडेल खुकुरीको चोटले घाइते भएका छन् । उनलाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
खुकुरी प्रहारबाट पौडेलको दाहिने हातको तीन ठाउँमा गहिरो चोट लागेको छ ।
खुकुरी प्रहार गर्नेमा विमानस्थलमा पर्यटकहरुलाई सेवा दिने हरियो नम्बर प्लेटको ट्याक्सी बा १ य १०५७ का चालक राजकुमार गुरुङ्ग रहेको पीडितले बताएका छन् ।
गुरुङ्ग विमानस्थलमा यातायात सेवाका लागि आधिकारिक सस्था हवाइ यातायात सेवा यात्रु लिमिटेडका शेयर सदस्यसमेत रहेको बताइएको छ ।
आफन्त लिनका लागि पौडेल निजी नम्बर प्लेटको सवारी साधनमा विमानस्थल पुगेका थिए । हरियो नम्बर प्लेटको कमाइमा घाटा लगाउन खोजेको भन्दै हरियो प्लेटका गाडी चलाउने व्यवसायीले उनीमाथि आक्रमण गरेको यातायात स्वतन्त्र यातायात मजदुर संगठनका महासचिव भीमज्वाला राईले अनलाइनखबरलाई बताए ।
उनले भने- ‘एयरपोर्टमा पहिलेदेखि नै उनीहरुको यस्तो दादागिरी चल्दै आएको छ ।’
पीडितका अनुसार आगमनद्वार अघि हवाइ यातायात सेवा यात्रु लिमिटेडद्वारा सञ्चालित काउण्टरमा आफन्त पर्खिएर बसेका पौडेललाई यो क्षेत्रमा आएर यात्रु बोलाउन पाइँदैन भन्दै गुरुङले सुरुमा हप्कीदप्की गरेका थिए ।
विवाद भएको केही समयपछि केही अन्य व्यक्तिसहित खुकुरीसमेत लिएर आई एकाएक आक्रमण गरेको पीडित पौडेलले बताए ।
खुकुरी प्रहार गरेको आरोपमा गुरुङलाई पक्राउ गरिएको गौशाला प्रहरी स्रोतले बतायो ।
९ जेठ, काठमाडौं । एक्कासी शनिबार साँझ चलेको हावाहुरीले उपत्यकाको जनजीवन प्रभावित वनेको छ। हावाहुरीसँगै भएको वर्षातले काठमाडौं दिउँसै अध्याँरो भयो ।
बिनाशकारी भूकम्पपछि पालमुनी बसेका सर्वसाधरणलाई हावाहुरी अत्यायो । भूकम्पपछि टुँडीखेलमा पालभित्र बसेका सर्वसाधरणलाई पनि हावाहुरीले तर्सायो।
दर्जनौ पाल उडाएपछि सर्वसाधरणवीच भागदौड मच्चिएको थियो। प्रहरी र सर्वसाधरणले उडाएका पाल पुन मिलएका थिए।
हावाहुरी सँगै धुलाम्मे बनेको राजधानीका मुख्य सडकमा केहीबेर सवारीसाधन समेत रोकिएका थिए। महानगरीय प्रहरी कार्यलयका प्रवक्ता एसएसपी नारायण सिंह खड्काका अनुसार गौशाला ओरालोमा रूख ढलेर ट्याक्सीलाई किचेको छ ।
बा १ ज ६९१२ नम्बरको ट्याक्सीलाई रूखले किचेको थियो। रुख ट्याक्सीको पछाडिको भागमा ढलेकाले चालक बाँच्न सफल भएको जानकारी खड्काले दिए। सरकारी शिविरमा राखिएका केही स्थानका पालहरू हावाहुरीले च्यादिदिएको खड्काले बताए।
९ जेठ, क्वालालम्पुर । भूकम्पमा परिवारका सदस्य गुमाएका र घर भत्केका नेपाली मलेसियाबाट धमाधम फर्कन थालेका छन् । अस्थायी घर बनाउन र परिवारलाई ढाडस दिन उनीहरू फर्कन थालेका हुन् ।
पाँच लाखभन्दा बढी नेपाली कार्यरत मलेसियाबाट फर्कनेहरूमध्ये अधिकांश छुट्टी लिएर गएका हुन् । केही करार सकेर फर्कने पनि छन् । विमान कम्पनीका प्रतिनिधिअनुसार भूकम्पपछि नेपाल फिर्नेहरूको चाप बढ्दो छ । भूकम्पमा परि परिवारका सदस्य गुमाएकालाई सरकारले हवाई टिकट उपलब्ध गराए पनि कम्पनीले छुट्टी नदिएको गुनासो लिएर आउनेहरू बढेको नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार हालसम्म परिवारका सदस्य गुमाएका १७ जना हवाई टिकट दाबीका लागि सिफारिस लिएर घर फिरेका छन् । दूतावासले वैधानिक रूपमा श्रम स्वीकृति लिएर मलेसिया आएका र भूकम्पमा परिवारका सदस्य गुमाएकालाई हवाई टिकटबापत रकम दाबीका लागि सिफारिसपत्र उपलब्ध गराउन थालेको छ ।
मलेसियामा भूकम्पबाट बढी प्रभावित गोरखा, सिन्धुपाल्चोक, रामेछाप धादिङ, नुवाकोटलगायत जिल्लावासीको संख्या बाक्लै छ ।
मलेसियाली सरकारले आफ्नो देशमा कार्यरत भूकम्पपीडितलाई अस्थायी छुट्टी दिएर नेपाल फर्कन अनुमति दिएको छ । मलेसियाली प्रधानमन्त्री कार्यालयका मन्त्री तानश्री जोसेफ कुरुपका राजनीतिक सचिव भिसेन्ट वोङले गत आइतबार नेपालको प्रार्थनाका लागि आयोजित एक सभालाई सम्बोधन गर्दै नेपालीलाई छुट्टी दिन रोजगारदाताहरूलाई आग्रह गरेका थिए ।
‘डेढ वर्षअघि २ लाख खर्चेर मलेसियाकै कमाइबाट पक्की घर बनाएको थिएँ । अहिले भुइँचालोले गर्दा समस्या भयो । परिवार सबै पालमा बसिरहेका छन्,’ नाम्जुङ गोरखाका जंग गुरुङले बिहीबार घर फिर्नुअघि भने, ‘अरू दुईजना साथी पनि कम्पनीले छुट्टी नदिँदा समस्यामा छन् । कम्पनीले अर्को साता भन्दै आलटाल गरिरहेको छ ।’
स्याङ्जा चिन्नेबासका दीपक लम्सालको समस्या पनि उस्तै छ । ‘परिवार सबै ठिकै छन् । तर घर र धन्सारको नामोनिसान छैन । छुट्टीका लागि पहल गरिदिन गुनासो लिएर दूतावास पनि पुगें, कम्पनी मालिकसामु रोएँ, तर छुट्टी दिएको छैन,’ उनले भने, ‘अब वर्षा लाग्दै छ । सरकारको मुख ताकेर पालमुनि कहिलेसम्म बस्ने ? जान पाए घर बनाएर आउथेँ ।’
दूतावासका श्रम सहचारी बुद्धि भट्टराईका अनुसार छुट्टी नपाएकाले पहल गरिदिन भन्दै दर्जनौं फोन आउने गरेको छ । दूतावासले फर्कन चाहनेलाई छुट्टी दिन आग्रह गर्दै मलेसियाली रोजगारदाताहरूको छाता संगठन मलेसियन इम्प्लोयर्स एसोसिएसनलाई डेढ साताअघि पत्राचार गरे पनि जवाफ नआएको बतायो । अब सरकारी उच्च अधिकारीलाई नै भेटेर छुट्टीको बन्दोबस्ती मिलाउने दूतावासको तयारी छ ।
९ जेठ, हेटौंडा । ओडारमा बस्दै आएका जयपति चेपाङलाई घर निर्माण गरेर विहीवार नवनिर्मित घरमा फर्काइएको छ ।
मकवानपुरका प्रजिअ रामप्रसाद थपलिया र प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले नवनिर्मित घरमा १०३ वर्षीय बृद्ध चेपाङलाई ओडारबाट घरमा प्रवेश गराएका थिए ।
भार्ता गाविस–४, सिलौतीको डाँडामा १५ महिनाअघि निर्माण गरिएको घर वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त बनाएपछि वृद्ध जयपति ओडारमा बस्दै आएका थिए । उनलाई ओडारबाट तत्काल घरमा बसाउन स्थानीय चेपाङ युवा र हेटौंडाका सहयोगीहरुको प्रयासमा घर निर्माण गरिएको हो । जस्तापाताको छाना भएको दुईतले घर निर्माण गरेर उनलाई ओडारबाट घरमा राखिएको हो ।
ओडारबाट नवनिर्मित घरमा प्रवेश गराउँदा पूर्वसभासद् गोविन्दराम चेपाङ, चेपाङ संघ मकवानपुरका अध्यक्ष खेम चेपाङ, गाविस सचिव राजु अर्याललगायत स्थानीयबासीको उल्लेख्य उपस्थिति थियो । ओडारमा बसेका चेपाङलाई नवनिर्मित घरमा सार्न पुगेका प्रजिअ थपलिया र प्रहरी उपरीक्षक कार्कीलाई हात जोडेर जयपतिले स्वागत गर्दै गिठ्ठाको माला लगाइदिएका थिए । प्रजिअ थपलिया र प्रहरी उपरीक्षक कार्कीले ओडारमा बसेका चेपाङलाई खादा र फूलमाला लगाइदिएका थिए ।
ओडारबाट चेपाङलाई अगाडि लगाएर घरभित्र प्रवेश गराएका थिए ।घरमा छिर्नेबित्तिकै उनको आँखाबाट आँशु चुहिएको थियो । जनता आवास कार्यक्रमअन्तर्गत् बनाइएको दुई तले घरको चारैतर्फको ढुंगामाटोका गाह्रो भूकम्पले भत्काएको र जस्तापाताको छानालाई भने क्षति पु¥याएको थिएन । ५० हजारको लागतमा घर निर्माण गरिएको थियो ।
जयपति चेपाङ उक्त ओडारमा जन्मेर र बृद्ध भएका हुन् । जनता आवास कार्यक्रमअन्तर्गत् घर बनाएर उनलाई २०७० माघ १४ ओडारबाट घरमा बसाइएको थियो । ओडारबाट घरको दूरी आधा किलोमिटर छ । उनी पनि १५ महिना खुशीसाथ घरमा बसेका थिए । भूकम्प आएर घर भत्केपछि उनी पुनः ओडार फर्केका थिए ।
९ जेठ, काठमाडौ । भूकम्पबाट घर धराप परेका क्षेत्रमा सवारीसाधन चलाउन रोक लगाइएको छ । प्रहरीले काठमाडौं, ललितपुर र भक्तपुरका २६ स्थानमा सवारीसाधन नचलाउनु भनेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ बसपार्कमा ५ र न्युरोडभित्र जनसेवा प्रहरी वृत्त आसपासका ५ फरक कुनामा सवारी निषेध गरेको हो । भित्री गल्लीहरूमा सवारी लैजान पनि रोक लगाइएको छ ।
पुरातात्त्विक महत्त्वका सार्वजनिक स्थलमा सवारीसाधन चलाउन रोक लगाइएको छ ।
कमलपोखरीका ३ र कालिमाटीका भित्री गल्लीमा सवारी प्रवेश निषेध गरिएको छ । कीर्तिपुरमा पनि दुई स्थानमा सवारी चलाउन पाइँँदैन । स्वयम्भू, गट्ठाघर, ठमेल, एयरपोर्ट, सुकेधारा, महाराजगन्ज, मंगलबजार, कपन र थानकोटका विभिन्न विन्दुमा पनि सवारी रोकिएको छ ।
८ जेठ, काठमाडौ । नेपाल वायु सेवा निगमले भूकम्पपछि देखापरेको बजारको अवस्थालाई मध्यनजर गर्दै सस्तो टिकटको कोटा बढाएको छ।
निगमको कमर्सियल विभाग अन्तर्गतको इन्टरनेसनल फेयर्स, टेरिफ एन्ड प्राइसिङ शाखा प्रमुख शरदचन्द्र शर्माका अनुसार भूकम्पपछि ओरालो लागेको हवाई बजारमा सस्तो टिकटको कोटा दोब्बर पुर्याइएको हो।
अन्तर्राष्ट्रिय उडानका लागि एयरबस र बोइङसहित चार वटा जेट विमान भएको निगमले दिल्लीका लागि १५ सय ६ रुपैयाँ तोकेको छ। यो क्षेत्रमा निगमले सातामा चार दिन उडान गर्दै आएको छ। हाल एयरबसबाट समेत उडान भर्दै आएको निगमको यस प्रमोसनल टिकटमा कर समावेश छैन। एकतर्फी टिकटमा बिमा, फ्युल, एयरपोर्ट, पर्यटन, भारत सरकारले लिने तीन वटा शीर्षकका करसहित ८ वटा कर समावेश छैनन्।
एकतर्फी टिकटमा यी करको मूल्य मात्रै प्रतिटिकट यात्रुले ६ हजार ८ सय ९३ रुपैयाँ थप तिर्नुपर्छ भने करसहित टिकटको कुल दर ८ हजार ३ सय ९० पर्न जान्छ। काठमाडौं, दिल्ली दुईतर्फी सबैभन्दा सस्तो टिकटको मूल्य १५ हजार ५ सय ९४ तोकिएको छ।
यो रुटमा निगमले बिक्री गर्ने सबैभन्दा महँगो टिकटको मूल्य २१ हजार ४ सय १० हो भने दुईतर्फी टिकटको मूल्य ४१ हजार ६ सय १६ हो। इकोनोमी श्रेणीमा सस्तोदेखि महँगो टिकटको बीचमा १० वटा श्रेणीका टिकट छन्। अफ सिजनमा निजी विमानले दिल्लीको टिकट ४५ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन्।
त्यसैगरी लेवर रुटमा चिनिने र नेपालबाट सर्वाधिक कामदार जाने मलेसियाका लागि निगमले २५ हजार ४ सय ६८ रुपैयाँको एकतर्फी टिकट राखेको छ। यसको अवधि आगामी जुन महिनासम्मका लागि कायम गरिएको छ। सामान्य अवस्थामा यस रुटमा निगमले करसहित २८ हजार रुपैयाँ लिन्छ। मलेसिया सरकारले कामदारको भिसा खुलाउँदा यस रुटको हवाई भाडा ३० हजारसम्म पुगेको छ भने भिसा बन्द गरेको बेला निजी विमानहरूले ९ हजार रुपैयाँसम्ममा यात्रु उडाएका छन्।
यसैबीच नेपालीहरूको गन्तव्य बन्दै गएको पर्यटकीय सहर बैंककका लागि निगमले दुई टिकट किन्दा एउटा सित्तैमा दिने अफर ल्याएको छ। भूकम्पका कारण नेपाल आउने पर्यटकको संख्यामा असर परेपछि निजी विमानहरूबीच ‘फेयर–वार’ चल्न थालेको छ। यसैक्रममा निगमले ३३ हजार ७ सय ६२ रुपैयाँमा दुइटा टिकट दिँदै एउटा सित्तैमा दिन थालेको निगमका कर्पोरेट निर्देशक रामहरि शर्माले बताए। उनका अनुसार परिवारसहित बैंकक घुम्न जाने प्रवृत्ति बढेकाले यो अफर लागू गरिएको हो। यो रुटमा सामान्य अवस्थामा एकतर्फी भाडादर प्रतियात्रु २० हजार १ सय ११ हुन्छ। निगमले सस्तो दरमा तीन वटा श्रेणीका टिकट सार्वजनिक गरेको छ। हङकङमा एकतर्फी करसहित ३६ हजार ४ सय ४७ रुपैयाँ लिँदै आएको निगमले अब ३३ हजार ७ सय ५९ मा टिकट दिने भएको छ। यस रुटमा चार श्रेणीका टिकट छन्। त्यसैगरी दोहा रुटको टिकट दरलाई भने चलाइएको छैन।
८ जेठ, रियाद । साउदी अरबको एक सिया मस्जिदमा शुक्रबार अपरान्ह आत्मघाती आक्रमणकारीले बम विष्फोट गराउँदा कम्तिमा ३० जना मारिएका छन् ।
साउदी अरबको पूर्वी प्रानत कातिफको अल कदिह गाउँस्थित इमाम अली मस्जिदमा शक्तिशाली धमाका भएको हो । मुस्लिमहरुले मष्जिदमा नमाज पढिरहेको समयमा हमलाकारीले आफूलार्इ विस्फोट गरी उडाएका थिए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रत्यक्षदर्शीलार्इ उधृत गर्दै उल्लेख गरेअनुसार यो घटनामा कम्तिमा पनि ३० जनाको ज्यान गएको छ ।
साउदी अरब सरकारले पनि यो विस्फोटको पुष्टि गरेको छ । अहिलेसम्म यो घटनाको जिम्मेवारी कुने संगठनले लिएको छैन । साउदी अरबमा कुनै पनि सिया मस्जिदमा पहिलो पटक आक्रमण भएको हो ।
एक प्रत्यक्षदर्शीका अनुसार विष्फोटका बेला डेढ सय बढी मानिस मष्जिदमा नमाज पढिरहेका थिए । साउदी अरबमा शिया मुसलमानको जनसंख्या १० देखि १५ प्रतिशत रहेको छ ।
धेरैजसो सिया मुसलमानको बसोबास पूर्वी प्रान्त कातिफ प्रान्तीय राजधानी अल खोबरको दक्षिण-पश्चिमस्थित अलअहसामा रहेको छ ।
८ जेठ, धुलिखेल । चीन सरकारले भूकम्पबाट घाइते भएका नेपालीको तत्काल उपचार गर्न यहाँ सञ्चालनमा ल्याएको घुम्ती अस्पताल शुक्रबार नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।
चिनियाँ सहायक विदेशमन्त्री लियु जियानचाओको नेपाल भ्रमणको अवसर पारेर चीनले उक्त अस्पताल नेपाली सेनालाई हस्तान्तरण गरेको हो । अस्पतालसँगै नेपाली सेनाले शल्यक्रिया उपकरण, अल्ट्रासाउन्ड, एक्स–रे, प्रयोगशाला तथा इसिजीजस्ता उपकरण र औजार प्राप्त गरेको छ ।
सहायक विदेशमन्त्री लियु र नेपाली सेनाका बलाधिकृतरथी प्रदीपविक्रम राणाको उपस्थितिमा उक्त अस्पताल हस्तान्तरणसम्बन्धी कागजातमा हस्ताक्षर भएको थियो ।
नेपालमा गत वैशाख १२ गते भूकम्प भएपछि चिनियाँ उपचार टोली वैशाख १४ गते यहाँ आइपुगेको थियो । धुलिखेल अस्पतालसँग सहकार्य गरेर चिनियाँ चिकित्सक टोलीले खासगरी काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलाखाका बिरामीलाई सेवा पुर्याएको थियो । चिनियाँ टोलीले त्यस क्षेत्रमा बिरामीको उपचारका साथै पानीको मुहान सरसफाइ र पानी प्रशोधन गरेर स्थानीयवासीको मन जित्ने प्रयास गरेका थिए ।
त्यस क्रममा भूकम्पमा परेर घाइते भएका ३०१ बिरामीलाई चिनियाँ घुम्ती अस्पतालमा भर्ना गरेरै उपचार गरिएको चिनियाँ चिकित्सक टोलीका संयोजक लियु केजिङले बताए । सो टोलीमा विशेषज्ञसहित ६० जना सहभागी थिए ।
हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै नेपाली सेनाका उपरथी डा. किशोरजङ्ग राणाले भूकम्पमा प्रभावित क्षेत्रमध्ये पूर्वी क्षेत्रका बिरामीको उपचारमा चिनियाँ उपचार टोलीलाई खटाइएकामा धुलिखेल अस्पतालसँग सहकार्य गरेर चिनियाँ टोलीले उत्कृष्ट ढङ्गबाट उपचार सेवा प्रदान गरेको भनी सराहना गरे ।
नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइले भूकम्पमा परी घाइते नेपाली नागरिकलाई उपचारमा सहयोग पु¥याउन खटिएको चिनियाँ टोलीले प्रभावकारी रुपमा कार्यसम्पादन गरेको बताए । रासस
८ जेठ, एजेन्सी । करिब ४२ वर्षअघि बेपत्ता भएका एक हिमआरोहीको शव भेट्टिएको छ । हिमाल आरोहणका क्रममा बेपत्ता भएका न्युजिल्यान्डका हिमआरोही डेभिड एरिक मोएनको शवको पहिचान उनका परिवार र आफन्तले समेत गरेका छन् ।
सेप्टेम्बर १९७३ मा डेभिड १९ वर्षका हुँदा आफ्ना साथीहरुका साथमा साउथ आयल्यान्को माउन्ट कुक नेशनल पार्कको टासमान ग्ल्येसियरको हिमपहिरोमा फसेका थिए ।
उनीसँगै हिमआरोहणमा गएका उनका साथीको शव त्यही बेला फेला परेपनि डेभिड भने फेला परेका थिएनन् । यो सालको फेब्रुअरीमा पनि दुर्इ पर्वतारोहीको शवको अवशेष फेला परेको थियो । उनीहरुको शवको डिएनए परीक्षणबाट पहिचान गर्न सकिएको थियो ।
डेभिडका परिवारले उनलार्इ श्रद्धाञ्जली दिँदै उनीबारे बोल्न आफूसँग कुनै शव्द नरहेको जनाएका छन् । 'हामीलार्इ पुगेको क्षतिको बयान गर्न हामीसँग कुनै शव्द छैन', डेभिडका परिवारले भनेका छन्, 'लामो प्रतिक्षापछि उनी फेला परे, उनी हराएपछि हामी निरन्तर शोक र पींडामा थियौं ।
७ जेठ, मुम्बई । पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीलाई जेल सजायँ हुने भएको छ ।
सेक्स भिडियोले समाजमा अश्लीलता फैलाएको आरोपमा उनीविरुद्ध परेको मुद्दा बोलियो ठानिएकाले कम्पतीमा पनि पाँच वर्षसम्म जेलसजायँ हुन सक्ने भारतीय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् ।
उनीविरुद्ध दर्ता गरिएको मुद्दामा ठाणे पुलिसले भारतीय दण्ड संहिताको धारा 292, 292 A, 294 34 महिला अधिनियमको अश्लील प्रतिनिधित्वको धारा ३ र ४, र सूचना प्रौद्योगिकी अधिनियम २००० को धारा ६७ लगाएर कारबाही प्रक्रिया अगाडी बढाएको छ ।
यो मुद्दामा धेरै अगाडी बढिसकेकाले सन्नी लियोनीलाई जेल सजायँ हुने थाणे साइबर सेलका प्रहरी अधिकारी बताउँछन् । यद्यपी फैसला अदालतले गर्ने भएकाले अहिले केही भन्न सकिँदैन् । यदी अश्लीलता फैलाएको घटनामा अदालतले दोषी ठहर गरे सनी लियोनलाई पाँच वर्षको जेल सजायँ हुने बताइएको छ ।
हिट एण्ड रन केशमा यसअघि सलमानलाई पनि अदालतले पाँच वर्षको जेल सजाय सुनाइएको थियो । तर, उनी माथिल्लो अदालतको आदेशमा जमानतमा जेल जानबाट बचेका छन् । एजेन्सी
७ जेठ, काठमाडौँ । दिल्लीका मुख्यमन्त्री तथा आमआद्मी पार्टीका अध्यक्ष अरविन्द केजरीवालले भूकम्प पीडित जनताको पीडामा दुःख व्यक्त गर्दै थप सहयोग गर्न नेपाल आउने बताउनुभएको छ ।
विहीबार भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँगको भेटमा मुख्यमन्त्री केजरीवालले नेपालको दुःखमा आफूहरू पनि सँगसँगै रहेको बताउँदै हरेक किसिमको सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभएको हो ।
नेपालीहरू निकै मेहनती र इमान्दार भएकाले अहिलेको दुःखलाई अवसरका रुपमा परिणत गर्न सक्षम हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । यसअघि मुख्यमन्त्री केजरीवालले भूकम्प गएको थाहा पाउनासाथ राजदूत उपाध्यायलाई फोन गरेर दुःख व्यक्त गर्नुभएको थियो ।
उहाँले नेपालप्रति आफ्नो निकै सद्भाव भएकाले चाँडै नै नेपालको भ्रमणमा आउने पनि बताउनुभएको छ । नेपालका भूकम्प पीडितलाई प्रत्यक्ष भेटेर सहयोग गर्न आफूले तयारी गरिरहेको केजरीवालको भनाई थियो ।
भारतमा भ्रष्टाचारविरुद्धको अभियानको नेतृत्वकर्ताका रुपमा चिनिएकाले केजरीवाललाई स्वागत गर्न नेपालीहरू आतुर रहेको राजदूत उपाध्यायले बताउनुभएको थियो । राजदूत उपाध्यायले मुख्यमन्त्री केजरीवालसँग नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न समेत आग्रह गर्नुभएको थियो ।
नेपालका अधिकांश अस्पतालमा भेन्टिलेटर नभएकाले स्वास्थ्य सेवा पर्याप्त हुन नसकेको बारे केजरीवाललाई राजदूत उपाध्यायले जानकारी गराउनुभएको थियो । जवाफमा केजरीवालले दिल्ली सरकारले नेपालमा आवश्यक सहयोग गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभएको थियो ।
७ जेठ, काठमाडौ । महाभूकम्प र त्यसपछिका कम्पनहरुले नेपाललाई आक्रान्त पारिरहेका बेला विभिन्न किसिमका पूजाअर्चना हुन थालेका छन् । बुधबार नेपाली सेनाले देशैभरका आफ्ना ब्यारेकमा शान्ति तथा क्षमा पूजा गर्यो । बुधबार नै काठमाडौंको स्वयंभूमा १० देशका बौद्ध भिक्षुहरुले मैनबत्ती बाले ।
भूकम्पले क्षति पुर्याएका सम्पदाहरुमध्ये स्वयम्भूनाथ पनि एक हो ।
७ जेठ, लन्डन । बेलायतको स्थानीय निर्वाचनमा एक नेपाली दम्पती निर्वाचित भएका छन् । शंकर गैरे र उनकी श्रीमति लक्ष्मी स्वान्ली टाउन काउन्सिलको काउन्सिलर पदमा विजयी भएका हुन् ।
एउटै वडा र एउटै परिवारबाट निर्वाचित हुने उनीहरु सम्भवतः पहिलो नेपाली दम्पती हुन् । दुवैको काउन्सिलरपछि डेपुटी मेयरमा पदोन्नति भएको छ ।
निर्वाचित १६ काउन्सिलहरुमध्येबाट एक मेयर र एकजना डेपुटी मेयर चुन्ने प्रचलन बमोजिम श्रीमान् शंकर गैरे डेपुटी मेयर छानिएपछि श्रीमति स्वतः डेपुटी मेयर घोषित भएकी हुन् । काउन्सिलरको अवधि ५ वर्ष भएपनि मेयर भने प्रत्येक वर्ष परिवर्तन हुने प्रक्रिया छ ।
यी दम्पतीले सत्तारुढ कन्जरभेटिभका तर्फबाट अत्यधिक मतले जितेका हुन् । शंकर गैरे सन् २०१० मा काउन्सिलरका लागि लडे पनि उनले ६ मतले मात्र पराजय भोगेका थिए । ब्रिटिसहरुको वाहुल्यता रहेको गैरेको क्षेत्रमा एसियन कोही छैनन् ।
रुपाकोट ९, गुल्मी स्थायी निवासी गैरे सन् २००५ यता पार्टीमा सक्रिय रुपमा क्रियाशिल छन् । सन् १९९४ मा पढ्न बेलायत आएका उनको यहाँ नेपाली समुदायसँग पनि निकट सम्वन्ध छ । यति नेपाली एसोसिएसन यूकेको सदस्य, महासचिव र वरिष्ठ उपाध्यक्ष रहेर काम गरिसकेका उनी नेपाली साहित्य विकास परिषद यूकेमा तीन कार्यकालसम्म सहअध्यक्ष थिए । नेपाल छँदा भलिवलका राष्ट्रिय खेलाडी थिए उनी । हाल बेलायतमा उनको हेक्नी क्यारेज ब्ल्याक क्याब व्यवसाय छ ।
उता, सन् १९९७ मा बेलायत आएकी श्रीमति गैरे काउन्सिलरमा निर्वाचित हुने पहिलो नेपाली महिला भएको गैरे परिवारको विश्वास छ । उनी सन् २०१० देखि पार्टीमा लागेकी हुन् । गैरे दम्पत्तिका दुई छोरा छन् ।
निर्वाचित भएपछि गैरेले स्थानीय काउन्सिलको विकास योजना, अपराध नियन्त्रण, रेलवे लगायत सेवा विस्तारमा समय दिने अठोट व्यक्त गरेका छन् । निर्वाचित काउन्सिलरहरुको पहिलो बैठक आगामी १ जुनमा हुँदैछ ।
आजभोलीको तनावग्रस्त र भागदौडको जीवनमा थाइराईड समस्या बढीरहेको छ । यो समस्या महिला पुरुष दुवैमा देखिए पनि विशेष गरी महिलामा बढी देखिन्छ । आजभोलि त थाइराईडको समस्याले साना उमेरका महिलालाई पनि सताएको देखिन्छ । अध्ययनका अनुसार १०० जनामा ८० महिलालाई थाइराईको समस्या हुन्छ ।
हाम्रो घाँटीको अगाडीको भागमा थाइराइड ग्रन्थी हुन्छ । जसले थाइराइड हर्मोन नामक हर्मोन उत्पादन गर्छ । सोही हर्मोनलेनै हाम्रो शरिरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ । तर जब थाइराईड ग्रन्थीको प्रणालीमा बाधा उत्पन्न हुँदा विभिन्न स्वास्थ्य समस्या आउने गर्दछन् । तथ्यांकले लाखौं मानिस थाइराईडले प्रभावित भएको देखाउँछ । तर समस्या के छ भने धेरैलाई आफूलाई थाइराईड भएको पत्तै पाउँदैनन् । यदि थोरै खाना खाँने गर्दा पनि वजन बढिरहेको छ, साना साना कुराले पनि तनाव दिईरहेको , सन्तान प्राप्तिको लागि समस्या छ र पटक पटक गर्भतुहिने समस्या छ भने हामीलाई थाइराइड पनि भएको हुनसक्छ ।
दोषी
थाइराइड ग्रन्थी घाँटीको अघिल्तिर हुन्छ । खप्परमा दिमागभन्दा तल रहेको पिटुयुटरी ग्रन्थीले थाइराइडलाई नियन्त्रण गर्छ । पिट्युटरीले रगतमा थाइराइड हर्मोनको स्तर मापन गर्छ र थाइराइड स्टिमुलेटिङ हर्मोन टीएसएच निकाल्छ । यस हर्मोनले थाइराइडलाई थाइरोक्सिन टीफोर र ट्रिलिडोथायोरिन टीथ्री हर्मोन उत्पादन गर्न सहयोग गर्छ । थाइराइडलाई टीथ्री र टीफोर हर्मोन उत्पादन गर्न आयोडिनको आवश्यकता पर्छ । तर आयोडिनको मात्रा धेरै वा थोरै हुँदा थाइराइड मलफंक्शन हुने डाक्टर नुपुर क्रिशन बताउँछन् ।
गलगाँड के हो ?
आयोडिन र सिलेनियम खानामा पर्याप्त भएन भने गलगाँड उत्पन्न हुन्छ । शरिरमा आयोडिनको कमी हुँदा गलगाँड निस्कन्छ । थाइराइडले शक्ति परिचालन गर्न थाइरोक्सिन हर्मोन पैदा गर्छ । केटाकेटीको शारीरिक वृद्धि र विकासको लागि थाइराक्सिनको ज्यादै आवश्यकता हुन्छ । कुनै किसिमको विकृति नभई राम्रो बच्चा जन्माउन र आमाको दुध आउनको लागि पनि यो हर्मोनको ठूलो महत्व हुन्छ । हाम्रो दैनिक आहारमा आयोडिनको कमी हुंदै गयो भने थाइरोक्सिन हर्माेन सही ढंगबाट उत्पादन हुन सक्दैन, जसले गर्दा रगतमा यसको परिमाण कम हुँदै जान्छ । अनि यो हर्मोन बढी पैदा गर्नका लागि थाइराइड ग्रन्थीले धेरै परिश्रम गर्नुपर्छ, फलस्वरुप ग्रन्थी फुलेर आउँछ, यसलाई गलगाँड भनिन्छ ।
थाइराइड हुनबाट बच्न कस्तो डाइट लिने ?
हाइपोथाइरोडिजम भएकालाई भर्जिन नरिवलको तेल लाभदायक हुन्छ । यसमा चेन फ्याटी एशिड हुन्छ जसले मेटाबोलेटिज्मलाई बढाएर वजन घटाउन मद्दत गर्छ ।
१. कृत्रिम चीनीको प्रयोगबाट बच्ने
२. बदाम लगायतका चिल्ला ड्राइफुट नखाने, धुमपानबाट बच्ने र पोषणका औषधीहरु नखाने
३. आवश्यक मात्रामा आयोडिन र भिटामिन ए को सेवन गर्ने । एक वयस्क व्यक्तिका लागि १ सय ५० माइक्रोग्राम आयोडिन प्रतिदिन लिन आवश्यक छ ।
४. बन्दा, काउली, ब्रोकोली जस्ता तरकारीबाट बनेका काँचो सलाद नखाने । यी तरकारीमा पाइने गोट्रोजेन्स नामको तत्वले थाइराइडलाई प्रभाव पार्छ । बरु पकाएर खानाले खासै असर गर्दैन ।
५. सामुदि«क माछा प्रशस्त खाने । त्यस्तै हरियो पत्तेदार तरकारी र दुग्धजन्य पदार्थमा पनि प्रशस्त आयोडिन पाउन सकिन्छ ।
६. अण्डा, पहेलो पाकेको फलफूल र हरिखा सागसब्जीले भिटामिन एको मात्र परिपूर्ति गर्छ ।
७. गर्भवती महिलालाई प्रतिदिन २ सय २० माइक्रोग्राम आयोडिन आवश्यक पर्ने हुनाले यसमा विशेष विचार पुर्याउने।
थाइराइडले आजभोलि कम उमेरका महिलालाई पनि सताउँछ । इण्डोक्रिनोलोजिष्ट डा. अल्तामास साइखले १५ – २० वर्ष उमेर समूहका महिलामा पनि थाइराइड देखिएको बताउँछन् । यो उमेर समूहका महिलाले पनि उमेरअनुसारको वजन, थकान र सुन्निने समस्यालाई मध्यनजर गरेर थाइराइडको समस्या पत्ता लगाउन सक्छन् ।
बाँझोपन
थाइराइडका कारण बाँझोपनको समस्या पनि आउन सक्छ । थाइराइडले पुरुषमा यौनइच्छामा कमी र वीर्यमा कमी देखिन्छ भने महिलामा अण्डा उत्पादन गर्नमा कठिनाई र छिटो रजनोवृत्ति हुन सक्छ ।
थाइराइडका लक्षण
७ जेठ, सिँगटी (दोलखा) । सरकारले अत्याधुनिक उपकरण पठाउन नसक्दा जिल्लाको उत्तरी गाविस सिँगटीमा पुरिएका शव अझै निकाल्न सकिएको छैन। शव निकाल्न नसकेपछि बजारमा दुर्गन्ध फैलिएको छ।
सिँगटीमा अहिलेसम्म ३८ जनाको शव फेला परेका छन्। धेरैजना पहिरोले पुरिएको भए पनि अझै निकाल्न सकिएको छैन।सिँगटीमा पुरिएका शव निकाल्न एक अमेरिकी विज्ञ दोलखा आएका छन्।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले गृहमन्त्रालयसँगको समन्वयमा दोलखा आएका ती विज्ञ सिँगटी गइसकेकाले उद्धार र खोजमा सहज हुने बताए। लामिछानेका अनुसार ती विज्ञले सेना र प्रहरीसँग मिलेर काम गर्ने छन्।
केही दिनअघि खोज तथा उद्धारका लागि जिल्लामा आएको मेक्सिकोको टोलीलाई नेपाली सेनाले फिर्ता पठाएको थियो। नाकले सुँघेर शव फेला पार्न सक्ने त्यो टोलीलाई नेपाली सेनाले आफूसँग समन्वय नगरेको भन्दै फिर्ता जान दबाब दिएको स्रोतको दाबी छ। त्यो टोलीले चरीकोटको प्याराडाइज होटलबाट एक र सिँगटीबाट एकजनाको शव निकालेको थियो।
शव कुहिएर दुर्गन्ध फैलिँदा महामारी निम्तिन सक्ने भन्दै स्थानीय चिन्तित बनेका छन्। सिँगटीका नवराज पाठकले सरकारले तत्काल शव ननिकाल्दा दुर्गन्ध फैलिनुका साथै कुकुर र स्यालले शवको टुक्रा बोकेर प्रदूषण फैलाएको बताए।
पछिल्लोपटक वैशाख २९ गतेको भूकम्पमा परी चिलंखा, खोपाचागुलगायत गाविसका बासिन्दा सिँगटी आएका बेला पहिरोमा पुरिएको अनुमान गरिएको छ। पहिरो गएको आठ दिन बितिसक्दा पनि सरकारले केही गर्न नसकेको भन्दै स्थानीय आक्रोशित बनेका छन्।
चिलंखाका खड्गबहादुर मगरले आफ्ना भतिजाको सास नभए पनि लास तत्काल दिनुपर्ने माग गरेका छन्। राहत लिन आएका चिलंखा गाविसका ६, ८ र ९ वडाका मानिस पहिरोमा परेको आशंका छ।
बेपत्ताहरू अहिलेसम्म परिवारको सम्पर्कमा नआएको भन्दै आफन्तहरूले इलाका प्रहरीचौकी सिँगटीमा खोजी गरिदिन दिनहुँजसो निवेदन लिएर आउने गरेका छन्।
७ जेठ, डाँडापारी, बुढाखानी (काभ्रे) । राहत बाँडिँदै छ भन्ने सुनेपछि बनखुचौर ७ का ७३ वर्षीय जोगमान लामा लौरो टेक्दै ७ घण्टा हिँडेर बुढाखानीको सार्दडाँडा पुगे। मंगलबार बिहान ४ बजे नै उठेर हिँडेका उनी ११ बजे पुगेका थिए। तर, राहत लिएर सेभ द चिल्ड्रेन र नाङ्साल एसोसिएसनको टोली साँझ ६ बजे मात्रै उक्त स्थानमा पुग्यो। राहत झारेर बाँड्दा ७ बज्यो। साढे ७ बजे हातमा त्रिपाल, कम्बल, झुल, ग्यालेनलगायतका सामग्री परे लगत्तै उनी फेरि घर जान नै हतारिए। ‘बीचमा बस्ने ठाउँ छैन, जंगलको बाटो हिंड्दै आजै गाउँ पुग्नुपर्छ,’ उनले भने, ‘गाडीको असुविधा हुँदा राहत लिन पनि यत्रो दु:ख पाउनुपर्यो।’ जोगमान घरमा नै कन्दमुल र खोले खाएर बसेका थिए। ‘टाउको अड्याउने त्रिपाल थिएन,’ उनले भने, ‘यो सहयोग पनि हाम्रा लागि ठूलो कुरा हो।’
६ घण्टा हिंडेर ७ घण्टा राहत कुरेका ६१ वर्षीय कमल नेपालीको पीडा पनि दयनीय छ। ७ घण्टा राहत पर्खेर बस्दा उनले कसैले दयाले दिएको १ मुठी चिउरा त पाए तर पानी नपाउँदा ठूलो सास्ती भोगे। ‘राहत पाइन्छ भनेर सखारै ६ घण्टाको बाटो हिंडेर आएँ,’ उनले भने, ‘दिनभरि भोको पेटमा बस्नुपर्यो, राहत पाएपछि भने खुसी नै लाग्यो।’ राहत लिन वृद्ध, महिला, बालबालिका आइपुगेका थिए। बिहान सबेरै आएका उनीहरूले राति अबेरसम्म (११ बजे) सम्म बसेर राहत कुरेर लिएर गए। राहत लिन बनखु गाविसका ७ सय ५४ घरधुरी छिमेकी गाविसमा जम्मा भएका थिए। यातायातको सुविधा नभएका कारण सहयोगी संस्थाले सोही ठाउँसम्म मात्रै राहत लिएर गाउँलेलाई डाकेका थिए। विभिन्न ८ स्थानबाट बाटो लाने प्रयास गरिए पनि उक्त क्षेत्र अझै सडक सञ्जालमा जोडिन सकेको छैन। यहाँका अधिकाशंलाई ६ महिनाभन्दा खान पुग्दैन। बाँकी समय बनेपा, धुलिखेल, पनौती लगायतका क्षेत्रमा मजदुरीका लागि जाने गरेका छन्।
गाविस सचिव रेवतीरमण ज्ञवालीका अनुसार वनखुका ७ सय ५४ घरमा क्षति भएका छन्। भोगोलिक रूपमा विकट ती क्षेत्रमा सरकारी राहतसमेत निकै न्यून पुगेको छ। जिल्लाको तथ्यांकअनुसार उक्त गाविसमा ६ हजार केजी चामल, ९० किलो चिउरा, १ सय कम्बल, १० कार्टुन चिउरा र १० कार्टुन बिस्कुट मात्रै पुगेको छ। सेभ द चिल्ड्रेन र नाङ्सालले उक्त गाविसका सबै घरधुरीलाई कम्बल, त्रिपाल, झुल, ग्यालेनलगायत सामग्री वितरण गरेको थियो।
७ जेठ, काठमाडौं । प्रमुख राजनीतिक दलहरुले राष्ट्रिय सहमतिको सरकार निर्माणबारे छलफल थालेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाको बैठकले विपत्तिको समाना गर्दै संविधान निर्माण र पुननिर्माणको कामका लागि संयुक्त सरकार आवश्यक औल्याएको छ । यसको स्वरुप र काम लगायतका बिषयमा छलफल गर्दै जाने सहमति दलहरुबीच भएको छ ।
‘मिलेर कसरी जाने भन्नेमा हामी केन्द्रित भएका छौ,’ बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले कान्तिपुरसंग भने,‘सहमतिको सरकार बनाउने कुरा पनि छ, तर कसरी बनाउने कस्तो बनाउने भन्नेबारे ठोस धारणा बनिसकेको छैन ।’ उनले संविधान जारी हुने वातावरण तयार गरी अन्य काम समेत गर्ने राष्ट्रिय सहमतिको सरकार उपयुक्त हुने बताए । अझै संविधान मुख्य प्राथमिकता रहेकाले छिटो संविधान जारी गर्ने तर्फ पनि सहमति हुनुपर्ने उनले उल्लेख गरे ।
एमाले प्रमुख सचेतक अग्नि खरेलले राष्ट्रिय सहमतिको सरकारको आवश्यकता सबै दलले महसुस गरेको बताए । ‘बलियो राष्ट्रिय सहमतिको सरकार चाहिन्छ भन्नेमा सबै दल तयार छन्’ उनले भने,‘ यसका लागि अझै थप छलफल अघि बढाउने कुराभउको छ ।’ भुकम्पको विपत्ति आएपनि बसेको संसदको बिषेश अघिवेशनमा नै दलहरु राष्ट्रिय ो सहमतिको सरकार आवश्यक रहेको भन्दै प्रस्ताव राखेका थिए । पूर्व प्रधानमन्त्रीहरुले संसदमा कुरा उठाएपछि दलहरुले औपचारिक छलफल थालेका हुन् ।
७ जेठ, काठमाडौं । चीनले विनाशकारी भूकम्पका कारण तहसनहस भएका सडक तथा आवासहरु पुननिर्माणमा सघाउने इच्छा देखाएको छ ।
भूकम्पपछिको राहत, पुनःस्थापना र पुनःनिर्माणबारे नेपाली अधिकारीहरुसँग छलफल गर्न चीनका सहायक विदेशमन्त्री लियू जियानचाओ नेपाल आएका छन् । विमानस्थलमा सञ्चारकर्मीहरुसँग गर्दै लियूले भूकम्पले भत्किएका सडक र भवनहरु पुनःनिर्माणमा सघाउन चीन तयार रहेको बताए । यसबारे नेपाल सरकारसँग छलफल गर्ने उनले बताएका छन् ।
चीनका सहायक विदेशमन्त्री लियूले बिहीबार नै प्रधानमन्त्री सुशील कोइरालासँग भेटेर भूकम्पले भएको क्षति, खोजी, उद्धार, राहत र अब हुने पुस्थापना तथा पुनःनिर्माणबारे छलफल गरेका छन् ।
यस पटकको भूकम्प नेपालले ८२ बर्षपछि बेहोरेको सबैभन्दा ठूलो विपत्ति भएको भन्दै उनले आवश्यक सहयोग गरेर चीनले ठूलो गुन लगाएको बताए । विशेषज्ञ सहितको टोली आधुनिक उपकरण सहित खोजी र उद्धारमा पठाएर चीनले नेपालको पीडामा मल्हम लगाएको कोइरालाले बताएको उनको निजी सचिवालयले जनाएको छ ।
कोइरालाले खोजी र उद्धार कार्य समापन तिर गएको तथा राहत र पुनःस्थापना चलिरहेको बताए । साथै वषर्ा अगावै पीडितहरुलाई सुरक्षित स्थानमा अस्थायी बसोबास गराउने कार्य चुनौतिपूर्ण भएको बताए ।
भूकम्पका कारण बस्न नहुने गरी चर्किएका र ढल्किएका भवनहरुलाई सुरक्षित तवरले भत्काएर व्यवस्थित गर्नमा पनि सहयोग आवश्यक पर्ने उनले बताए । कोइरालाले पुनःस्थापना र पुनर्निर्माणमा पनि नेपाललाई मित्रराष्ट्रहरुको हयोग आवश्यक पर्ने बताएका छन् ।
उनले चीनले दिने सहयोग निरन्तर जारी राख्ने बताएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणमा चीन-नेपाल-भारतका बीचमा आर्थिक करिडर बनाउने बिषयमा कुरा भएको भन्दै उनले नेपालले गर्ने दातृृ राष्ट्र तथा निकायहरुको सम्मेलनमा चीनले उच्चस्तरीय प्रतिनिधि पठाउने बताए ।
७ जेठ, भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ की १३ वर्षीया बालीका बलात्कृत भएकी छन् । स्थानीय २४ वर्षीय राहुल तेलीले बालीकालाई बलात्कार गरेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रमेशकुमार पोखरेलले जानकारी दिए ।
विहीबार मध्यान्ह करिब १२ बजेति शौच गर्न खुल्ला स्थानमा गइरहेकाबेला तेलीले गाउँ नजिकैको पुगता भुमी जेतवन बौद्ध बिहारमा लगेर
बालीकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कार गर्ने तेली फरार रहेको र उनको खोजी भइरहेको डिएसपी पोखरेलले बताए ।
६ जेठ, बेसीशहर । लमजुङमा एक पाँच बर्षीया बालिका बलात्कृत भएकी छन् । सुन्दरबजार नगरपालिकाको एक गाउँकी ५ वर्षीया बालिकालाई गाउँकै दाजु पर्ने १८ वर्षीय बिमलराज अधिकारीले बलात्कार गरेको रहस्य खुलेको हो ।
बालिकाको घरमा कोही नभएको मौकामा उनलाई गत बैशाख २७ गते साँझ आफ्नो घरैमा लगी बलात्कार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटना भएको तीन दिनपछि थाहा पाएका परिवारले प्रहरीमा निबेदन दिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।
बलात्कारका आरोपित कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । घटनापछि बालिका बिरामी भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरेको तीनदिनपछि परिवारले थाहा पाएका थिए ।
मंगलबारमात्रै प्रहरीमा खबर आएपछि सत्यतथ्य बुझेर आरोपितलाई पक्राउ गरेको प्रहरी निरीक्षक अधिकारीले बताए । अस्पतालमा स्वास्थ्य परीक्षण गराउ“दा बालिकामाथि करणी भएको खुलेको प्रहरी स्रोतले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा अधिकारीले बालिकालाई बलात्कार गरेको स्वीकारेका प्रहरीले जनाएको छ । उनीविरुद्ध बुधबार अनुसन्धानका लागि अदालतबाट एक साताको म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक पवनकुमार गिरीले बताए ।a
६ जेठ, दमौली । पृथ्वी राजमार्गमा गएको पहिरोका कारण मंगलबार रातिभर सडक अवरुद्ध भएको छ। पहिरोको केही भाग हटाएर बिहान ३ बजेबाट सडकलाई एकातर्फी रुपमा खुलाइए पनि यातयात अझै सहज हुन सकेको छैन ।
मंगलबार साँझ मस्र्याङदी जलविद्युत गृह नजिकै गएको पहिरोले सडक पुरिएपछि राति एघार बजेदेखि नै दुवैतर्फको यातयात ठप्प भएको थियो। ठूलो संख्यामा यात्रुहरु अलपत्र परेका थिए। गाडी नचलेपछि यात्रुहरुले राती सडकमै विताएका थिए। प्रहरी तथा सडक विभागको टोलीले पहिरोमा पुरिएका शव र पहिरोको केही भाग हटाएपछि बिहानदेखि यातयात चलाइएको जानकारी प्रहरले दिएको छ ।
राजमार्ग माथिबाट खसेको पहिरोमा ना १८ प २९५५नम्बरको मोटरसाइकलमा सवार स्थानीय १५ वर्षका गणेश थापा र भक्तबहादुर थापा पुरिएका थिए। उनीहरुको शव बिहानपख मात्र निकालिएको थियो ।
यसैगरी चट्याङमा परी तनहुँमा तीनजनाको मृत्यु भएको छ । चट्ङयाङमा परी घरमै सुतिरहेका कोटदरबार ६ ढापस्वाँरा निवासी ३७ वर्षका हस्तबहादुर थापा र उनकी भाउजु ४१ वर्षिया झरिमाया थापाको मृत्यु भएको हो ।बन्दीपुरका मिनबहादुर गुरुङको पनि चट्ङयाङमा परी मृत्यु भएको छ ।
६ जेठ, कतार । कतारमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी दुईजना नेपालीको ज्यान गएको छ । मजदुर बोकेको मिनिबस ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा २ जना नेपाली र २ जना फिलिपिन्सका नागरिककको ज्यान गएको हो ।
ज्यान गुमाएका चारैजनाको शव कतारस्थित वाक्राह अस्पतालमा राखिएको दोहा न्यूजले जनाएको छ । ज्यान गुमाउनेहरुमा ४५ वर्षीय रामप्रसाद राजवंशी र २२ वर्षीय गिरिराज खनाल रहेका छन् ।
ज्यान गुमाउने चारैजना दोहास्थित एक निर्माण कम्पनीका मजदुर थिए । घटनामा घाइते भएका नेपाली र अन्य देशका नागरिकको अवस्था खुल्न सकेको छैन ।
त्यसैगरी अर्को एक दुर्घटनामा पनि दुई नेपालीको ज्यान गएको छ । सो दुर्घटनामा भक्त कामी र सानी चमारको ज्यान गएको बताइएपनि उनीहरुको ठेगाना खुल्न सकेको छैन ।