dailyvideo

भूकम्प पीडितलाई २ प्रतिशत व्याजमै २५ लाखसम्म घर कर्जा

काठमाडौं ,वैशाख २४ 
नेपाल राष्ट्र बैंकले महाभूकम्पका कारण आवासीय घर क्षतिग्रस्त भएका भूकम्प पीडितलाई २ प्रतिशत व्याजदरमै घरकर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ ।




सर्वसाधारणलाई सहयोग पुर्‍याउन पुननिर्माण कार्यको लागि काठमाडौं उपत्यकामा अधिकतम २५ लाख रुपैयाँसम्मको र उपत्यका बाहिर अधिकतम १५ लाख रुपैयाँसम्मको आवासीय घर कर्जामा राष्ट्र बैंकले शून्य ब्याजदरमा पुनरकर्जा उपलव्ध गराउने व्यवस्था गरेको हो ।

‘यस्तो कर्जामा बैंक तथा वित्तीय संस्थाहरूले अधिकतम २ प्रतिशतसम्म मात्र ब्याज लिन सक्ने व्यवस्था मिलाइएको छ ।’ राष्ट्र बैंकद्धारा जारी गरिएको सूचनामा भनिएको छ ।

महाभूकम्पका कारण दुई लाखभन्दा बढी घरहरु क्षतिग्रस्त भएको हालसम्मको तथ्यांक छ । कर्जा असूल हुने अवस्था देखेमा मात्रै बैंकहरुले पीडितलाई ऋण दिनेछन ।

Posted by ADVENT on 12:00 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for भूकम्प पीडितलाई २ प्रतिशत व्याजमै २५ लाखसम्म घर कर्जा

Leave comment

Recent Entries

Recent Comments

Photo Gallery