dailyvideo

बेलायतको स्थानीय निर्वाचनमा नेपाली दम्पती निर्वाचित

७ जेठ, लन्डन । बेलायतको स्थानीय निर्वाचनमा एक नेपाली दम्पती निर्वाचित भएका छन् । शंकर गैरे र उनकी श्रीमति लक्ष्मी स्वान्ली टाउन काउन्सिलको काउन्सिलर पदमा विजयी भएका हुन् ।


एउटै वडा र एउटै परिवारबाट निर्वाचित हुने उनीहरु सम्भवतः पहिलो नेपाली दम्पती हुन् । दुवैको काउन्सिलरपछि डेपुटी मेयरमा पदोन्नति भएको छ ।


निर्वाचित १६ काउन्सिलहरुमध्येबाट एक मेयर र एकजना डेपुटी मेयर चुन्ने प्रचलन बमोजिम श्रीमान् शंकर गैरे डेपुटी मेयर छानिएपछि श्रीमति स्वतः डेपुटी मेयर घोषित भएकी हुन् । काउन्सिलरको अवधि ५ वर्ष भएपनि मेयर भने प्रत्येक वर्ष परिवर्तन हुने प्रक्रिया छ ।


यी दम्पतीले सत्तारुढ कन्जरभेटिभका तर्फबाट अत्यधिक मतले जितेका हुन् । शंकर गैरे सन् २०१० मा काउन्सिलरका लागि लडे पनि उनले ६ मतले मात्र पराजय भोगेका थिए । ब्रिटिसहरुको वाहुल्यता रहेको गैरेको क्षेत्रमा एसियन कोही छैनन् ।


ukरुपाकोट ९, गुल्मी स्थायी निवासी गैरे सन् २००५ यता पार्टीमा सक्रिय रुपमा क्रियाशिल छन् । सन् १९९४ मा पढ्न बेलायत आएका उनको यहाँ नेपाली समुदायसँग पनि निकट सम्वन्ध छ । यति नेपाली एसोसिएसन यूकेको सदस्य, महासचिव र वरिष्ठ उपाध्यक्ष रहेर काम गरिसकेका उनी नेपाली साहित्य विकास परिषद यूकेमा तीन कार्यकालसम्म सहअध्यक्ष थिए । नेपाल छँदा भलिवलका राष्ट्रिय खेलाडी थिए उनी । हाल बेलायतमा उनको हेक्नी क्यारेज ब्ल्याक क्याब व्यवसाय छ ।


उता, सन् १९९७ मा बेलायत आएकी श्रीमति गैरे काउन्सिलरमा निर्वाचित हुने पहिलो नेपाली महिला भएको गैरे परिवारको विश्वास छ । उनी सन् २०१० देखि पार्टीमा लागेकी हुन् । गैरे दम्पत्तिका दुई छोरा छन् ।


निर्वाचित भएपछि गैरेले स्थानीय काउन्सिलको विकास योजना, अपराध नियन्त्रण, रेलवे लगायत सेवा विस्तारमा समय दिने अठोट व्यक्त गरेका छन् । निर्वाचित काउन्सिलरहरुको पहिलो बैठक आगामी १ जुनमा हुँदैछ ।

Posted by ADVENT on 12:32 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for बेलायतको स्थानीय निर्वाचनमा नेपाली दम्पती निर्वाचित

Leave comment

Recent Entries

Recent Comments

Photo Gallery