पाँच सयमै खिचाउँछन् नेपाली पोर्न भिडियो
काठमाडौं,
पछिल्लो समय नेपाली समाज यौनका विषयमा खुल्ला बन्दै जान थालेको छ । यहि मामलामा मुछिएर कैयन् यौन विकृतिका परिणामहरु सार्वजनिक हुने गरेका छन् ।पछिल्लो समय नेपाल प्रहरीले नेपालमा हुने गरेका यौनका व्यापारका बारेमा अध्ययन गरेको छ ।प्रहरी प्रतिवेदन अनुसार नेपालमा पाँच सय देखि २५ हजारसम्ममा यौनको कारोबार हुने गरेको छ ।अझ रोचक त पाँच सय रुपैयाँमा नै यौन भिडियो खिचाउन तयार हुनेहरु पनि भेटीएका छन् । नेपालका पोर्न स्टारहरुले एउटा भिडियो खिचेको बढीमा २५ हजार लिने गरेको स्रोतको दाबी छ ।नेपालमा हालसम्म ७ सय बढी यस्ता भिडियोहरु बनेका छन् । यसरी बनाइएका धेरै जसो भिडियोहरु कयुवतीलाई झुक्याएर नै निर्माण भएका छन् ।
यौन पेसामा लागेकाहरुलाई झुक्याएर यस्ता भिडियो बनाइएको पाइन्छ । नेपाली युवायुवतीले व्यावसायीक रुपमा भने करिब ५० वटा जती पोर्न भिडियो बनाएका छन् ।७ सय भन्दा बढी भिडियोहरु भने मोबाइलबाट खिचिएका छन् । नेपाल प्रहरीले यस्ता भिडियोहरुको बारोबार बढीरहेको अनुमान गरेको छ ।खासगरी काठमाडौंको ठमेल, कास्कीको पोखरा, पुर्वको इटहरी, धरान, विर्तामोड लगायतका एरियाहरुमा यौन व्यावसाय मौलाएको र त्यही एरियामा यस्ता सामग्री बन्ने गरेको प्रहरीको अनुमान छ ।