नेपालको भुकम्प प्रभावितका लागि फेसबुक र गुगललको प्रयास
काठमाडौँ, वैशाख १७
नेपालमा गएको विनाशकारी भुकम्पपछि फेसबुकले आफ्नो नयाँ एप सुरु गरेको छ जसले भुकम्प प्रभावितको राहत तथा उद्धारमा सहयोग गर्नेछ । सेफ्टी चेक नामको यो नयाँ एपले फेसबुक प्रयोगकर्तालाई आफ्नो अवस्था तथा सुरक्षाको विषयमा आफ्ना फेसबुके साथीलाई जानकारी गारउन तथा सूचना दिएर सतर्क बनाउन मद्दत गर्दछ ।
यो एपले भुकम्पबाट क्षतिग्रस्त विपदयुक्त क्षेत्रबाट तपाइँ कति टाढा हुनुहुन्छ भन्ने कुरा पहिचान गर्दछ । यदि तपाइँ विपदयुक्त अर्थात् खतयायुक्त क्षेत्रमा पर्नुभयो भने तपाइँलाई प्रश्न सोधिन्छ, के तपाइँ सुरक्षित हुनुहुन्छ भनेर । यदि सुरक्षित हुनुहुन्छ भने आफ्ना साथी तथा परिवारजनलाई त्यसको जानकारी सोही बमोजिम गराउन सक्नुहुन्छ । साथै तपाइँले तपाइँका अन्य फेसबुके साथीहरु जो तपाइँ भएकै क्षेत्र रहेका छन् भने उनीहरु सुरक्षित छन् की छैनन् भन्ने कुरा समेत जानकारी लिन सक्नुहुन्छ ।
फेसबुकका सिइओ मार्क जुकरबर्गले भनेका छन्, ‘जब प्रकोप हुन्छ तब मानिसहरुलाई आफ्ना प्रियजन सुरक्षित छन् की छैनन् भन्ने कुरा जान्नु आवश्यक पर्छ । यस्तो विपदको अवस्थामा एक अर्काबीच सम्पर्क हुनु साँच्चीकै महत्वपूर्ण हुन्छ । यो दुखद् अवस्था भोग्नपुगेका सबैप्रति मेरो सहानुभुति छ ।’
साथै नेपालका भुकम्प प्रभावितका लागि गुगलले भने पर्सन फाइन्डर नामको टूल सुरु गरेको छ । यो भनेको भुकम्पमा परी बेपत्ता भएकाहरुको डाटाबेस जस्तै हो जहाँ वेबसाइटमा प्रभावितहरुले आफ्ना बेपत्ता आफन्तजनको विवरण उल्लेख गर्नुका साथै आफुलाई थाहा भएको नयाँ सूचना समेत इन्ट्री गराउन सक्छन् ।
यो टूलले एसएमएस मार्फत जो कोहीलाई पनि विपत्तिमा परी बेपत्ता भएका तथा फेला परेका मानिसहरुको बारेमा आफुसँग भएको पछिल्लो अपडेट सहितको सूचना प्रवाहित गर्न समेत सहयोग गर्छ । अहिले गुगलको पर्सन फाइन्डर टूलमा साढे ७ हजार जना भन्दा बढिको डाटाबेस तयार भैसकेको बताइएको छ ।
यद्यपि यस्ता विपदको समयमा सामाजिक संजालको प्रयोग मानिसहरुको पहिलो चासोको विषय होइन । तथापि सोसल मिडियाले विपद पश्चातको अवस्थामा ठूलो सहयोग तथा फाइदा पूराउन सक्छ । यसको सही प्रयोगले पीडितका परिवार तथा आफन्तजनको पीडा केही कम बनाउन सहयोग गर्ने मात्र होइनकी हराइरहेका व्यक्ति फेला पार्न तथा जिवितै उद्धार गरेर ज्यान बचाउन समेत मद्दत पूराउँछ ।
Posted by ADVENT
on 9:18 AM.
Filed under
desh,
pictures,
technology
.
You can follow any responses to this entry through the RSS 2.0