dailyvideo

काबुल विमास्थलबाहिर आत्मघाती आक्रमण

एजेन्सी : अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलमा शक्तिशाली बम विस्फोट भएको छ । विस्फोटमा परी दुर्इजना युवतीको ज्यान गएको छ ।



पुलिसका अनुसार विमानस्थलमा गरिएको आत्मघाती हमलामा एक विदेशी सैनिक बहानको प्रयोग गरिएको थियो । पुलिसले घटनामा मारिनेहरुको संख्या बढ्न सक्न् जानकारी दिएको छ ।



अहिलेसम्म सो हमलाको जिम्मेवारी कुनै पनि स‌ंगठनले लिएका छैनन् । यसैबीच अफगानी गृहमन्त्रालयका प्रवक्ता नजिब दानिसले यो आक्रमणका क्रममा तीनवटा सवारी साधनमा क्षति पुगेको जानकारी दिए ।



पुलिसका समाचार एजेन्सी रोयटर्सलार्इ बताएअनुसार यी आत्मघाती आक्रमणकारीले नेटोको सैनिक बहानलार्इ लक्षित गरी आक्रमण भएको देखिन्छ ।



तीन दिनअघि काबुलकै एक गेस्ट हाउसमा भएको हमलामा १४ जना मारिएका थिए ।

Posted by ADVENT on 2:52 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for काबुल विमास्थलबाहिर आत्मघाती आक्रमण

Leave comment

Recent Entries

Recent Comments

Photo Gallery