dailyvideo

गेस्ट हाउसमा पुरिएकीको कृष्णदेवीको ६ दिनपछि यसरी भयो उद्धार

काठमाडौं, वैशाख १८
शनिबारको भूकम्पले पुरिएकी बर्दियाकी २४ वर्षीया कृष्ण देवी खड्कालाई ६ दिनपछि जीवितै उद्धार गरिएको छ । नेपाल प्रहरी, इजरायली, नेर्वेली लगायत टोलीले कृष्णदेवीलाई गोंगबुस्थित जनसेवा गेस्ट हाउसबाट एक सय २८ घन्टापछि बिहीबार राति ११ बजे उद्धार गरेको हो ।


कृष्णदेवीलाई उद्धार टोलीले नौ घन्टा अनवरत प्रयास गरेको थियो । कोही कराइरहेको आवाज सुनेपछि उद्धार टोलीले ११ बजे रातिसम्म अनवरत काम गरेको थियो । कुष्ण कुमारीलाई गेस्टहाउसको भुइँतलाबाट उद्धार गरिएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जनाए । 

पौडेलका अनुसार विदेशी उद्धार टोलीको उच्च प्रविधिको सहयोगमा गेस्ट हाउसमा कोही जीवितै रहेको थाह भएपछि टोलीले उद्धार थालेको थियो । उद्धार गरिएकी खड्कालाई पुरिएको ठाउँमा शवले च्यापिएकाले मानसिक त्रास बढेको छ । 

अहिले उनको नेपाल आर्मीको अस्पताल छाउनीमा उपचार भइरहेको छ ।

Posted by ADVENT on 10:59 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गेस्ट हाउसमा पुरिएकीको कृष्णदेवीको ६ दिनपछि यसरी भयो उद्धार

Leave comment

Recent Entries

Recent Comments

Photo Gallery