dailyvideo

आउँदैछ नौ सय रुपैयाँको कम्प्युटर

नौ सय रुपैयाँमा कम्प्युटर आउँछ ? बिग्रेको कवाडी माल भए आउला, सद्दे त कहाँ आउनु भन्नुहोला । तर होइन, अब निकट भविष्यमा केवल नौ सय रुपैयाँमा तपाइँले साँच्चीकै सद्दे र नयाँ कम्प्युटर नै किन्न सक्नुहुनेछ ।


अमेरिकाको क्यालिफोर्नियास्थित एक कम्पनीले क्रेडिट कार्ड जत्रै आकारको निकै सस्तो कम्प्युटर निर्माण गरिरहेको छ । उक्त कम्प्युटरको मूल्य केवल ९ डलर अर्थात् झण्डै ९ सय रुपैयाँ हुनेछ ।


नेक्स्ट थिंग नामको कम्पनीले यस्तो सस्तो तथा निकै सानो आकारको कम्प्युटर निर्माणको आफ्नो परियोजना अन्तिम चरणमा पूराएको छ अनि यसका लागि थप ५० हजार डलर आवश्यक रहेको जनाएको छ । उक्त कम्प्युटरलाई सन् २०१६ को सुरुवातमै बजारमा ल्याउने योजना कम्पनीको रहेको छ ।


यो कम्प्युटरको पहिलो संस्करणमा १ गिगाहर्जको प्रोसेसर, ५१२ एमबी को र्याम तथा ४ जिबीको अनबोर्ड स्टोरेज रहने बताइएको छ ।


बजारमा सानो आकारको तथा तिब्र गतिको कम्प्युटरको होडबाजी छ । यस्तोमा यो चिप कम्प्युटर बजारमा आयो भने त्यसले लोकप्रिय बेयरबोन कम्प्युटर रास्पबेरी पाइलाई टक्कर दिनेछ ।


यो चिप कम्प्युटरमा वाइफाइ तथा ब्लुटुथ ४.० को सुविधा पनि रहनेछ जुन पाइ कम्प्युटरमा उपलब्ध छैन ।


अर्को हाते ग्याजेट


नेक्स्ट थिंग कम्पनीले अर्को ह्याण्ड हेल्ड ग्याजेट समेत बनाउने प्रयास गरिरहेको छ, जसको नाम पकेट चिप रहनेछ र यसको मूल्य ४९ डलर रहनेछ । -बीबीसी


Posted by ADVENT on 6:26 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for आउँदैछ नौ सय रुपैयाँको कम्प्युटर

Leave comment

Recent Entries

Recent Comments

Photo Gallery