dailyvideo

अष्ट्रेलियाली प्रधानमन्त्री कार्यालयमा सजियो नेपालको बुद्ध मूर्ति

असार, सिड्नी,अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरुले त्यहाँकी प्रधानमन्त्री जुलिया गिलार्डलाई शान्तिको प्रतिकस्वरुप बुद्ध मूर्ति उपहार दिएका छन् ।

प्रधानमन्त्री कार्यालय क्यानबेरामा बुधबार आयोजित कार्यक्रममा लुम्बिनी कपिलबस्तु अभियानका बिश्व संयोजक रामकुमार श्रेष्ठ र त्यहाँका अध्यागमन मन्त्रीका लागि नेपाली समुदायका तर्फबाट सल्लाहकार महेन्द्र लम्सालसहितको टोलीले बुद्ध मूर्ति हस्तान्तरण गरेको हो । सो अबसरमा नेपाली टोलीले बिश्वभर शान्तिको सन्देश फैलाउने गौतम बुद्धको जन्म नेपालका लुम्बिनीमा भएको जानकारी गराउँदै बुद्धको सन्देश फैलाउन मूर्ति हस्तान्तरण गरेको बताएका थिए। 

मूर्ति ग्रहण गर्दै प्रधानमन्त्री गिलार्डले नेपाली समुदायलाई धन्यवाद दिनुभयो । शान्तिका प्रतिक गौतम बुद्धको मूर्तिले आफ्नो कार्यालयमा सजाउन पाएकोमा खुसी प्रकट गर्नुभएको थियो । त्यसलगत्तै गिलार्डले आफ्नो कार्यालयको सोकेसमा बुद्ध मूर्ति सजनाउनुभएको थियो ।

गौतम बुद्ध भारतमा जन्मिभएको भ्रम फैलाइरहेका बेला त्यसलाई चिर्न भन्दै बिश्वभर छरिएर रहेका नेपालीहरुले दुई बर्षअघि लुम्बिनी कपिलबस्तु अभियानको थालनी गरेको थियो । सोही अभियान अन्र्तगत गिलार्डलाई बुद्ध मूर्ति हस्तान्तरण गरिएको अभियानका बिश्व संयोजकले श्रेष्ठले बताउनुभयो ।

त्यसलगत्तै नेपाली टोलीले अष्ट्रेलियाका अध्यागमनसम्बन्धी मन्त्री क्रिस बोएनलाई भेटेर कार्यक्रमबारे जानकारी दिनुका साथै अष्ट्रेलियामा नेपाली समुदायको अबस्थाबारे जानकारी गराएको थियो ।

Posted by ADVENT on 11:06 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for अष्ट्रेलियाली प्रधानमन्त्री कार्यालयमा सजियो नेपालको बुद्ध मूर्ति

Leave comment

Recent Entries

Recent Comments

Photo Gallery