७ जेठ, काठमाडौ । महाभूकम्प र त्यसपछिका कम्पनहरुले नेपाललाई आक्रान्त पारिरहेका बेला विभिन्न किसिमका पूजाअर्चना हुन थालेका छन् । बुधबार नेपाली सेनाले देशैभरका आफ्ना ब्यारेकमा शान्ति तथा क्षमा पूजा गर्यो । बुधबार नै काठमाडौंको स्वयंभूमा १० देशका बौद्ध भिक्षुहरुले मैनबत्ती बाले ।
भूकम्पले क्षति पुर्याएका सम्पदाहरुमध्ये स्वयम्भूनाथ पनि एक हो ।
१२ बर्षपछि मनाइदै थियो मच्छिन्द्रनाथको जात्रा । बैशाख ९ मा सुरु भएको जात्राको चौथो दिनमै देशमा ठूलो भूकम्पसँगै ठूलो धनजनको क्षति भयो ।
रातो मच्छिन्द्रनाथको जात्रा त रोकियो नै बुङ्मतिस्थित मच्छिन्द्रबहालमा रहेको मन्दिरसमेत पूर्णरुपमा ध्वस्त भएको छ ।
युवा सङ्घ नेपालले काठमाडौँको बसन्तपुर आसपास क्षेत्रमा आयोजना गरेको सरसफाइ कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारीसहित अन्य सहभागीहरु ।
म्याग्दीको बेनी नगरपालिका–१३ स्थित सिँगा तातोपानी तलाउमा डुब्दा विभिन्न खाले रोग निको हुने हुँदा प्राकृतिक उपचारका लागि विभिन्न ठाउँबाट मानिसहरु तातोपानी पुग्ने गर्छन् ।
संस्कृतकर्मी भक्तपुरका रबिन्द्र पुरीको घर गत बैशाख १२ र २९ गते गएको विनासकारी भूकम्प तथा कम्पनहरुले भक्तपुरका हजारौ घरहरुलाई लडाए पनि दत्तात्रय नजिकै रहेको १६० वर्ष पुरानो घर भने अझै दुरुस्तै छ ।